Websoft University

नेपाल क्षयरोग निवारण संस्थालाई बिस्थापित नगर्न भन्दै पत्रकार सम्मेलन


विराटनगर । नेपाल क्षयरोग निवारण संस्था विराटनगरले आज पत्रकार  सम्मेलन गरेर आफुहरुलाई कोशी अस्पतालले विस्थापित गर्न लागेको भन्दै,त्यसो नगर्न भनेका छन ।

हाल कोशी अस्पतालको जग्गाको करिब ८ कट्ठा जग्गामा भवन र क्षयरोग सम्बन्धी अस्पताल संचालनमा रहेको छ । उक्त अस्पतालमा पूर्वाअञ्चलका क्षयरोगीका विरामीहरुको उपचार भईरहेको छ ।

कोशी अस्पतालले विभिन्न सेवाहरु दिन भौतिक पूर्वाधार निर्माणका लागि करिब ११ कट्ठा जग्गा खाली गराउने भएपछि विगत लामो समयदेखी बस्दै आएको सस्थालाई हटाउन लागेको हो ।

आफूहरुलाई विकल्पसहित अन्य ठाँउमा सेवा दिने गरी जग्गा र भवन उपलब्ध गराए सोच्न सकिने नेपाल क्षयरोग निवारण संस्थाका अध्यक्ष राजन श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । विगत ६० बर्ष भन्दा बढी लामो समयदेखी बसेर विरामीहरुको सेवा गर्दै गर्दै आएको सस्थालाई हटाए अदालत सम्म जाने सस्थाका पदाधिकारीहरुले चेतावनी दिएका छन् । 

कोशी अञ्चल अस्पतालको घर जग्गामा संस्थाले साविक वा हालमा समेत कब्जा खिचलो नगरे नगराएको हुँदा संस्थाले हकभोग चलनमा रहेका घर जग्गामा अस्पताल र अन्यबाट हस्तक्षेप नगर्न सस्थाले आग्रह गरेको छ ।

कोशी अस्पतालको करिब ५ बिगहा ८ कट्ठा ९ धुर जग्गा मध्ये १३ कट्ठा १३ धुर जग्गामा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी, गणेश मन्दिर र देवकोटा पुस्तकालयले आफ्नै संरचना बनाएर हकभोग गरिरहेका छन् ।

सो जग्गा २०५७ सालमा कोशी अस्पतालको नाममा आएको हो । कोशी अस्पताललाई नयाँ संरचना बनाउन संघीय सरकारले करिब ४० करोड रुपैयाँ पठाएको छ । उक्त रकमबाट कोशी अञ्चल अस्पतालका ३ वटा ठूला भवन बाहेक सबै भत्काउन भनेर प्रदेश सरकारले समेत आग्रह गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.