Websoft University

बस र कार ठोक्किदा सात जना घाइते





 काठमाण्डौ फागुन २४ गते । रातो तारा डट कम,विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका पाँच खहरेखोलामा यात्रु बाहक बस र कार ठोक्किदाँ सात जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीको खुर्कोट तर्फ जाँदै गरेको बा ३ ख ५७०६ नम्बरको बस र विपरीत दिशाबाट जादै गरेको बा २० च ३४९८ नम्बरको कार एक आपसमा ठोक्किदाँ दुर्घटना भएको हो । दुर्घटना परि कारमा सवार चालक सहित पँच जना र बसमा सवार ३० जना यात्रु मध्ये दुइ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक डिएसपी श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । घाईतेलाई उपचारका लागि खुर्कोट तर्फ लगिएको प्रहरीले जनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.