Websoft University

रेडियो नागरिकले दुई दिवसीय स्वास्थ्य शिविर संचालन गर्यो


बिराटनगर फागुन २४ गते । रातो तारा डट कम,रेडियो नागरिक १००.४ मेगाहर्ज ६ वर्ष पुरा गरि ७ औ वर्षमा प्रवेश गरेको सुखद अवसरमा  दुई दिवसीय स्वास्थ्य शिविर संचालन गरेको छ । 

शुक्रवार र शनिवार सुनसरीको देवानगंज गाउँपालिकामा वृहत स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा रक्तदान कार्यक्रम लगायत न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालका डाक्टर,स्वास्थ्यकर्मी लगायतले विभिन्न ९ प्रकारका स्वास्थ्य सेवा प्रदान गरेका थिए ।


 शिविरमा चर्म रोग ओ.पि.डी., स्त्रीरोग ओ.पि.डी.,हाडजोर्नी तथा नशा रोग ओ.पि.डी., जनरल ओ.पि.डी.,नवजात शिशु तथा बाल रोग ओ.पि.डी.,दात सम्वन्धी ओ.पि.डी. लगायत वरिष्ट मुटुरोग विशेषज्ञ डाक्टर निकेशराज श्रेष्ठ, वरिष्ट विशेषज्ञ फिजिसियन डाक्टर केशर वहादुर गुरुङ्ग, वरिष्ट विशेषज्ञ फिजिसियन डाक्टर अगरज उपै्रतीबाट मुटुरोग सम्वन्धी सामूहिक परामर्श समेत प्रदान गरिएको थियो । 

उक्त शिविरमा सुगर,प्रेसर,इसिजि र प्रयोगशाला सेवा समेत उपलब्ध गराईएको थियो ।  डाक्टर प्रकाश लिम्वुको अनामया आयुर्वेदालयको प्राविधिक सहयोगमा आर्युवेद शिविर समेत संचालन गरेको थियो । नागरिक मिडिया प्रा.लि.को आयोजना र देवानगंज गाउँपालिकाको सहजीकरणमा संचालित उक्त शिविरबाट ५ सय ३३ जनाले स्वास्थ्य परिक्षण गराई औषधी समेत निःशुल्क लिएको नागरिक मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक अरविन्द मेहताले जानकारी दिनुभयो  ।

यस रेडियोको प्रसारण २०७० साल फाल्गुन २३ गते विराटनगरबाट भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.