Websoft University

आसिका दाहाल र प्रशंसा वि.क. बने NDVM डान्सिङ आइडल र सिंगिङ आइडल


शिव भट्टराई,मोरङ । रातो तारा डट कम, नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमी, ईटहरीले यस शैक्षिक सत्रको अन्तिम कार्यक्रमको रुपमा Dancing र Singing को अन्तिम प्रतिस्पर्धा गरी वृहत् रुपमा सम्पन्न गरेको छ । 

यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको बीचमा लुकेर रहेको सांगितिक र सास्ँकृतिक प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विगत ३ बर्षदेखि यो कार्यक्रम नियमित रुपमा सञ्चालन हुदैँ आएको छ । यस बर्ष भएको Dancing र  Singing Idol को लागि सय भन्दा बढी प्रतिश्पर्धीहरुले नामांकन गरेका थिए । 

विभिन्न चरणमा भएको अडिसन पार गर्दै अन्तिम चरणका लागि Dancing Idol  तर्फ एन्जेल थापा (कक्षा ३ए), खुशी गहतराज (कक्षा ४बि), ज्योती बास्तोला (कक्षा ९) भारवी निरौला (कक्षा ६ए), सुप्रिया थापा (कक्षा ७), स्नेहा श्रेष्ठ (कक्षा ७), आसिका दाहाल (कक्षा ७), ओजश्वी अधिकारी (कक्षा ८), मार्सल राई (कक्षा ८), ईशा लिम्बू (कक्षा ३), विभुति कटुवाल (कक्षा २) र दिवश बिष्ट (कक्षा २) ले अन्तिम प्रतिस्पर्धामा भाग लिएका थिए भने अन्तिम प्रतिस्पर्धाबाट आसिका दाहाल, स्नेहा श्रेष्ठ र ज्ञान ज्योति बास्तोला क्रमश प्रथम, दितिय र तृतिय भएका थिए । 

यसै गरी गायन तर्फ प्राप्ति पोखरेल (कक्षा ४), आश्ना दाहाल (कक्षा ६), शिक्षा पोखरेल (कक्षा ५), शिखा राई (कक्षा ७), प्रशंशा वि.क. (कक्षा १०) र आलोक तामाङ्ग (कक्षा १०) अन्तिम प्रतिस्पर्धामा सहभागी भएका थिए भने प्रशंशा वि.क., आलोक तामाङ्ग र शिक्षा दाहाल क्रमश प्रथम, दितिय र तृतिय भएका थिए । आकृति ओझा र अनुराग खत्रीले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका संचालक समितिका अध्यक्ष ध्रुव कुमार लिम्बु हुनुहुन्थ्यो भने स्वागत मन्तव्य विद्यालयका सहायक प्राचार्य नारायण सुवेदीले गर्नु भएको थियो । 

सञ्चालकहरु उपाध्यक्ष ईश्वरी पराजुली, BOD खेमकुमार मादेन, मदन राई, सल्लाहाकार प्रदिप अधिकारी लगायत अभिभावकहरुको उपस्थितिमा भएको कार्यक्रममा प्राचार्य डा. वेणुप्रसाद सिटौलाले उपस्थित सम्पूर्ण अभिभावक लगायत शिक्षक, विद्यार्थी, निर्णयक मण्डललाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

विद्यालयको सभा हलमा भएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक लगायत करिब ६ सय जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको प्रथम सत्रको औपचारिक कार्यक्रमको संचालन बालक्लवका संयोजक वरिस्ठ शिक्षक लक्ष्मण निरौलाले गर्नु भएको थियो भने उक्त कार्यक्रमको संयोजनको भुमिका बिद्यालयका शिक्षक रविन थापा मगरले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.