Websoft University


श्याम राई÷उदयपुर-गाईघाट चैत १३ गते । रातो तारा डट कम,स्थानिय तहले कोरोना भाईरसको संक्रमण बाट वचाउन क्वारेन्टाईन र हेल्थडेस्क स्थापना गरेर संचालन थालेका छन् । उदयपुरको वेलका नगरपालीका २ भागलपुरको बान्डाँडामा २० बेडको क्वारेन्टाईन निर्माण गरिएको छ । नेपाल रेडक्रस कल्याणकारी स्वयम् सेवक संघ, विभिन्न सामाजिक संघ संस्था र नगर प्रहरीको साझेदारीमा २० वेडको क्वारेन्टाईन संचालनमा ल्याईएको छैन ।
रेडक्रस उदयपुरले निर्माण गरेको भवन लाई क्वारेन्टाईनमा परिणत गरी पानी, विजुली, शौचालय, खाना, सुरक्षार एम्वुलेन्सको व्यवस्था गरिएको नगर प्रमुख दुर्गा थापाले बताए । सुनसरी र सप्तरी सँग सीमा जोडिएको बान्डाँडामा नगर भित्रिने सवैको लागी हेल्थडेस्कमा अनिवार्य रुपमा स्वास्थ्य जाँच गरीने मेयर थापाले बताए ।
त्यसैगरी चौदण्डीगढी नगरपालीकाका विभिन्न वडामा २९ वटा वेडको क्वारेन्टाईन स्थापना गरिएको छ । बेलटारस्थीत राम प्रसाद राई स्मृती रंगशालाको खेलकुद भवनमा वडा ६ र ७ लाई लक्षितगरि ८ बेडको  क्वारेन्टाईन स्थापना गरिएको हो । त्येसैगरि वडा न. ४ को बसाहास्थीत नारद आदर्श क्याम्पसमा ४ बेड र  वडा न. ५ को वडा भवनमा २ बेड, चौढण्डी नपा ६ को बेलटारस्थीत प्राथमिक स्वास्थ्य केन्द्रमा ६ बेडको क्वारेन्टाईन स्थापना गरिएको मेयर खगेन्द्र राईले बताए । 

चौढण्डी नपा–१० वडास्थीत स्वास्थ्य चौकीमा ५ बेड, वडा न. ८ को विरेन्द्र बजारमा ३ बेड, वडा न. १ को चौढण्डीगढी दरवारस्थीत भवनमा २ बेडको क्वारेन्टाईन बनाईएको छ । वडा न. २ र ३ मा पनि विहीबार राती सम्ममा क्वारेन्टाईन बनाईसक्ने मेयर राईले बताए । त्यसैगरि कटारी नगरपालिकाको वडा न.१ बेलस्रोतस्थीत नेपाली सेनको रणशर्दुल गणलाई ५ दिन अघि नै २ सय बेड क्षमताको क्वारेन्टाईनमा परिणत गरिएको छ ।

गाईघाटस्थीत त्रियुगा बहुमुखी क्याम्पस मोतिगडामा २० बेडको क्वारेन्टाईन बनाउने तयारी भैरहेको छ । उदयपुरकै रौतामाई गाउँपालिकाले पनि वडा न.७ को मुर्कुचीमा ६ बेडको क्वारेन्टाईन स्थापना गरेको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.