Websoft University

मोटरसाईकलमा ‘प्रेस’ लेखेर बारामा लागु औषध ओसारपसार


काठमाण्डौ फागुन २८ गते । रातो तारा डट कम,बारा प्रहरीले चेकजाँज तिब्र बनाएपछी लागुऔषध ओसारपसारका लागि कारोवारीले नयाँ उपाय खोज्न थालेका छन् । उनिहरुले प्रहरी चेकजाँचबाट बँच्न ‘प्रेस’को दुरुपयोग गरेको पाईएको छ । 

ईलाका प्रहरी कार्यालय सिमराले प्रेस अंकित मोटरसाईकलको प्रयोग गरी लागु औषध ओसारपसारमा संलग्न दुईजनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका वडा न.१५ बस्ने ३० वर्षका जितेन्द्र कुमार सिह र भारत विहारका २२ वर्षिय नासिर आलम रहेका छन् । 

उनिहरुको साथबाट लागुन औषध डाईजीपाम तीन सय पिस, नुफिन तिन सय पिस र फेनारगन तिन सय पिस बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो ।

लागुऔषध ओसारपसारमा प्रयोग गर्ने गरेको ‘प्रेस’ अंकित ना ६२ प ६२६७ नम्बरको मोटरसाईकल र एउटा साइकल समेत बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका दुबैमाथी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.