Websoft University

शिक्षकको केन्द्राअध्यक्ष बन्ने आसमा अहिले देखिनै दौडधुप सुरु


काठमाण्डौ फागुन २८ गते । रातो तारा डट कम,चैत ६ गते बाट सुरुहुने एसईइ परीक्षामा केन्द्राअध्यक्षका बन्नको लागी हुम्लाका शिक्षकको दौडधुप सुरु भएको छ । केन्द्राअध्यक्षको आसमा रहेका हुम्लाका शिक्षक कक्षा सञ्चालन गर्न छोडेर लबिङ गर्न तिर लागेका छन् । 

भौगोलिक विकटको कारण देखाउदै परीक्षा हुन भन्दा करिब १० दिन अगाडी नै उनीहरु जिल्ला सदरमुकाम सीमीकोटतिर हिडेका हुन् । पुष १५ बाट सुरु भएको मिन पचास बिदा पछि विद्यालयमा हाजिर भएको एक साता नबित्दै फेरि विषय शिक्षक नै केन्द्राअध्यक्षको आसमा जिल्लामा जादा सामान्य पठन पाठन भएको विद्यार्थी गुनासो गरेका छन् । 

यता शिक्षकहरुले भने २ दिनको बाटो जान र २ दिन आउन लाग्ने भएकाले समस्या भएको बताएका  छन् । हुम्लामा २ वटा परीक्षा केन्द्र सदरमुकाममा रहेका छन भने २ वटा केन्द्र मध्यक्षेत्र मानीने सर्केगाड गाउँपालिकामा रहेका छन् । तल्लो क्षेत्रको रुपमा चिनीने अदानचुली गाउँपालिकामा १ केन्द्र र ताजाकोट गाउपालिकामा १ केन्द्र गरी ६ वटा परीक्षा केन्द्र रहेका छन्  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.