Websoft University

धार्मीक पर्यटकहरुलाई लक्षित गरी मन्दिर सहितको अतिथी गृहको शिलान्यास


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,धार्मीक पर्यटकहरुलाई लक्षित गरि इटहरी १ मा सहज रुपमा बास बस्ने व्यवस्था मिलाउने उद्धेश्यले अतिथी गृहको शिलान्यास गरिएको छ। कटुवाल हातेमालो एकता समाज नेपालले निर्माण गर्न लागेको मन्दिर सहितको अतिथी गृहको संघिय सांसद सिताराम मेहताले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन ।

प्रदेस नम्बर १ मा रहेका धार्मिक क्षेत्रमा आउने धार्मिक पर्यटकहरुले बासको लागि भौतारी रहनु परेको अवस्थालाई मध्यनजर गर्दै इटहरीमा अतिथिगृह निर्माणको लागि केहि समय पहिले पुराण लगाएर समाजले आर्थीक संकलन गरेको थियो ।

करिब  ३७ धुर जग्गामा निमार्ण हुन लागेको अतिथि गृहको शिल्यानास गर्दै प्रदेश सांसद सिताराम मेहेताले यो अतिथि गृह निमार्णमा सांसदकोषबाट १५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाए । अत्याधुनिक सुविधा सम्पन्न ३ तले अतिथी गृह निर्माणका लागि दुई करोड भन्दा बढि लागत लाग्ने अनुमान गरिएको कटुवाल हातेमालो एकता समाजका अध्यक्ष नगेन्द्र कटुवालले बताए ।

भवन निमार्णका लागी महेन्द्र कटुवाल र डम्बर कटुवालले जग्गादान गरेका हुन भने शिल्यानासकै क्रममा बलबहादुर कटुवालले ५५ हजार ५ सय ५५ सहयोग गरे । अतिथी गृह निर्माणको लागि पुराण लगाइएको तथा दाताहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको सो अवसरमा जानकारी गराइयो । अतिथी गृह निर्माण सम्पन्न भए यसले धार्मिक पर्यटकहरुलाई सहज हुने अनुमान गरिएको छ । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष मणीराम श्रेष्ठ , सुनसरी काग्रेसका नेता रमेश पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.