Websoft University

सुनसरीको इटहरीमा आइतबार भएको प्रदेश स्तरीय भेलाले भाष्कर काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन


इटहरी । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार –प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पु¥याउने उद्देश्यले गठित ‘पुष्पलाल मित्रता केन्द्र’को  १ नम्बर प्रदेश कमिटी गठन भएको छ । सुनसरीको इटहरीमा आइतबार भएको प्रदेश स्तरीय भेलाले भाष्कर काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा इन्द्र वुढाथोकी र सचिवमा मोतीराज सुनुवारलाई चयन गरेका छन् । अध्यक्षको जिम्मेवारीमा चयन भएका भास्कर झापा निवासी हुन् । त्यसैगरि उपाध्यक्ष वुढाथोकी झापा दकम र सचिव सुनुवार धरानका हुन् । नव गठित पुष्पलाल मित्रता केन्द्रमा १ नम्बर प्रदेश भरीका कम्युनिष्ट राजनीतिमा लागेका नेताहरुलाई समेटिएको छ । जिफण्टबाट मनोहरी सिवाकोटीलाई सदस्यमा चयन गरिएको छ ।
केन्द्रका केन्द्रिय अध्यक्ष जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको भेलाद्वारा गठित केन्द्रको सदस्यहरुमा झापाबाट पुष्पराज पोख्रेल, लोकबहादुर धिमाल, सन्तलाल मेचे, सिताराम अधिकारी भोजपुरबाट केवल राई र मेरीना राई, तेह्रथुमबाट विष्णुविक्रम सुव्वा, गणेश सेन, गोपाल दाहाल र सोम गौतम, ओखलढुङ्गाबाट शंकर कार्की र शंकर कटवाल, इलामबाट ध्रुव श्रेष्ठ, हिमाल किराती र मुना शर्मा, पाँचथरबाट उपेन्द्र दंगाल र गंगा चेम्जोङ, मोरङबाट वालेश्वर कामत, नारायण भण्डारी र वद्री अर्याल, उदयपुरबाट ज्ञानेन्द्र श्रेष्ठ, केन्द्र राउत र गिता खड्का लगायत छन् । 

थप सदस्यहरुलाई केन्द्रको वैठकले मनोनित गर्ने ‘पुष्पलाल मित्रता केन्द्र’ का महासचिव रविन कोइरालालले बताउनु भयो । महासचिव कोइरालाले ‘पुष्पलाल मित्रता केन्द्र’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुभेक्क्षुक संस्थाका रुपमा रहने र यसमा पुष्पलालका राजनैतिक र बैचारिक आदर्शहरुलाई स्वीकार गर्ने जो कोहि आबद्ध हुने सक्ने बताउनु भयो । महासचिव कोइरालाले यो संस्था कुनै नेताहरुको छाँयाका रुपमा नभई सबै कम्युनिष्ट नेताहरुको माया प्राप्त गर्ने सामाजिक राजनैतिक रुपान्तरण गर्न परिवर्तनकारी संस्था भएको बताउनु भयो । 

१ नम्बर प्रदेश कमिटी गठन पश्चात अव केन्द्रको सांगठनिक संरचना अनुसार जिल्ला, महानगर, उपमहानगर, नगर, हरेक स्थानीय तहमा पुष्पलाल मित्रता केन्द्र गठन गरेर जाने पनि नव निर्वाचित सचिव सुनुवारले वताएका छन् । कार्यक्रमको उद्घाटन समारोहलाई संबोधन गर्दै केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले कम्युनिष्ट संस्थापनक नेता पुष्पलाल श्रेष्ठलाई सम्मान गर्दै देशमा नागरिक आन्दोलन सहित विकाश र सम्वृद्धि आवश्यक भएकाले सामाजिक जागरणको अभियान सहित राष्ट्र निर्माणमा सहयोग गर्ने वताउनु भयो । 

खतिवडाले भन्नु, –“यो कम्युनिष्ट कार्यकर्ताहरुको सामाजिक संस्था हो, यसले समाजवाद निर्माण र रक्षाका लागि योगदान गर्ने छ । अध्यक्ष खतिवडाका अनुसार मित्रता केन्द्र कम्युनिष्टहरुको गौरवमय विगतका असल चिन्तनधाराहरुको पुनर्जागरण गर्न र सुन्दर भविष्यको सपनाको प्रगतिशील सम्वाहकको रुपमा सहकार्य गर्न स्थापित संस्था हो।

कार्यक्रममा संविधानसभा सदस्य रेवती भण्डारी, केन्द्रका उपाध्यक्ष जयन्ती राई, यदुवंश झा, प्रदेश नम्बर २ का अध्यक्ष राजकुमार यादव लगायतले कार्य सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।  केन्द्रको अहिले देशव्यापी कमिटी गठन तीव्र रुपमा भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.