Websoft University

तिनपैनी बचतले गर्यो सचेतना सहित मास्क वितरण


शिव भट्टराई,मोरङ चेत १० गते । रातो तारा डट कम, मोरगङको सुन्दरहरैंचा–५ स्थित तीनपैनी बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोना भाइरसका विषयमा सचेतना साथै मास्क वितरण गरेको छ ।

सहकारीले तीनपैनी चोक क्षेत्रमा सर्वसाधारणलाई कोरोना भाइरसका विषयमा जानकारी सहित सचेतना सहित मास्क वितरण गरेको हो । 

कोरोनालाई लक्षित गरि सञ्चालन गरिएको सचेतना कार्यक्रममा स्वास्थ्य सुरक्षाका लागि अत्यावश्यक वाहेक घरबाट वाहिर ननिस्कन ,भिडभाडमा नजान , पटकपटक साबुन पानीले हात धुन , मास्क लगाउने लगायतका सचेतना सहित आठ सय वढी मास्क वितरण गरिएको सचिव विशाल गुरागाईले जानकारी दिए ।

सचेतना सहित मास्क वितरणमा अध्यक्ष कविराज राई, सचिव विशाल गुरागाईं लगायत तीनपैनी क्षेत्रमा सहभागी रहेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.