Websoft University

पत्रकार र प्रहरी लुटापटमा संलग्न यिनलाई आज प्रहरीले गर्यो सार्वजनिक


काठमाण्डौ चैत १०  गते । रातो तारा डट कम,लुटपाटमा संलग्न तीन प्रहरीसहित एक पत्रकारलाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । लुट्नकै लागि काठमाडौंदेखि मकवानपुर पुगेका दरबारमार्ग वृत्तमा कार्यरत २६ वर्षीय प्रहरी सहायक निरीक्षक असई सुरेन्द्रबहादुर बसेल, दरबारमार्गमै कार्यरत प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुनमगर तथा पत्रकार भनिने सुजन आचार्यलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको हो । राजन भनिने अर्का एक व्यक्ति भने फरार रहेका छन् । मकवानपुरको कैलाश गाउँपालिका– ५ चौकीटार घर भएकी ७० वर्षीया धनलक्ष्मी गुरुङको घरमा बहुमुल्य हिरा भएको सूचना पाएपछि यो समूह हिजो काठमाडौंबाट मकवानपुर पुगेको थियो । मकवानपुरका एसपी सुशीलसिंह रौठारका अनुसार उनीहरु गुरुङको घरमा गएर हिरा किन्ने भन्दै हेरेका थिए । त्यसपछि उनीहरुले पेस्तोल ताक्दै हिरा जस्तो देखिने वस्तु लुटेर फरार भएका थिए । उक्त सूचना इलाका प्रहरी कार्यालय पालुङमा आएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । पालुङका इन्सपेक्टर विकासकुमार तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई थाहा नगरपालिका–३ स्थित थानाबजारबाट पक्राउ गरेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.