Websoft University

चैत ११ गते देखि केही दिनका लागि महानगरपालिका क्षेत्रमा लक डाउन गर्ने निर्णय


बिराटनगर चैत १० गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिकामा बसेको सरोकारवालाहरूको बैठकले भोलि चैत ११ गते देखि केही दिनका लागि महानगरपालिका क्षेत्रमा लक डाउन गर्ने  निर्णय गरेको छ।

अति आवश्यक, यातायात, स्रोत साधान सामान ढुवानी  स्वास्थ्य सम्बन्धि सेवा सुरक्षा सन्चार बाहेक सबै बन्दै, तथा  लक डाउन  हुने छन।

नोवेल कोरोना भाइरस एक अर्कोमा नफैलियोस भनेर जनताको जिउ ज्यान स्वास्थ्यको ख्याल गर्दै महानगरले यस्तो कदम चालेको मेयर भीम पराजुलीले रातो तारा डट कम लाइ बताउनु भएको छ।

महानगर वासिले महानगरको कदमलाई आंतमा साथ गर्दै सहयोग गर्न अनुरोध गरिएको छ। अति आवश्यक काम वाहेक घरबाट नजान समेत भनेकोले जानै परे मास्क लगाइ सुरक्षीत भइ हिडडुल गर्न  भनेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.