Websoft University

मोटरसाइकल दुर्घटनाको बिबरण आयो


मोरङ । रातो तारा डट कम,मोरङको सुन्दर हरैचा नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २७ प १७ नं को र को ३४ प ६६०२ नं को मटर साइकल ओभरटेक गर्ने क्रममा एक आपसमा ठक्कर खाँदा दुवै मोटर साइकलमा सवार ४ जना मध्य २ जनाको घटनस्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भई घाईतेलाई सलकपुर बाट खटिएका विदुर भट्टराईको ७ जनाको टोलीले उपचारको लागि गोल्डेन अस्पताल बिरटनगर पठाइएको छ।


दुर्घटनामा परी मोटरसाइकल मा सवार संख्वासभा चैनपुर न पा २ बस्ने २१ वर्षीय लक्ष्मण खत्री र सुन्दर हरैचा ८ बस्ने २० वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् भने सुन्दर हरैचा ८ बस्ने २७ वर्षका विशाल खत्री साथै सुन्दर हरैचा १२ बस्ने २५ वर्षीय अर्पण गुरागाईँको  घटनास्थलमा नै मृत्यु भएको छ भने सो मोटरसाइकल प्रहरी चौकी विराटचोकको नियन्त्रणमा रहेको जानकारी भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.