Websoft University

ग्रेडेड बोर्डिङ्ग स्कूले विविद्य कार्यक्रम गरि आफ्नो रजत महोत्सव मनायो


विराटनगर, फागुन ३ गते । रातो तारा डट कम, २५ औं वर्षमा पुगेको अवसरपारेर विराटनगरस्थित ग्रेडेड बोर्डिङ्ग स्कूले विविद्य कार्यक्रम गरि रजत महोत्सव विविद्य कार्यक्रम गरि मनाएको छ । विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भव्य कार्यक्रम गरि स्कूलले शनिबार रजत महोत्सव मनाएको हो ।

कार्यक्रम प्रमुख अतिथि तथा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफू बिराटनगरको मेयर को पद समाले देखि नै महानगर भित्रको शिक्षा सुधारमा आफू लागि परेको भनु हुुुुदै,आशा गरेको जति एकैपटक  नभए पनि क्रमिक आफुले सुधार गर्ने बताउनु भयो।

अब निजी क्षेत्रले परम्परागत शिक्षा भन्दा व्यवसायिक शिक्षा मा जोडन अनुरोध गर्नु भयो । ग्रेडेड बोर्डिङ्ग स्कुल परिवारलाई धन्यवाद दिनु भयो।

कार्यक्रममा बोल्दै शिक्षा इकाइ मोरङका प्रमुख दिर्घधोज चपगाईले गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावकको मन जित्नुपर्ने बताए । निजी विद्यालयहरूले अहिले अनिवार्य १० प्रतिशत छात्रवृतिमा विद्यार्थीहरू अध्यापन गराउनुपर्ने नियामवली बनेकोले जानकारी दिदै उनले यसको पूर्ण रूपमा पालना गरि अगाडी बढनुपर्ने उनले बताए । 

कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय सचिब राजेशकुमार दास, वरिष्ठ अध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, उपाध्यक्ष सीतला सुब्बालगायतले प्रविधिको प्रयोग गरि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए । उनीहरूले शिपसहितको जीवन उपमुखी शिक्षा प्रदान गरिनुपर्ने बताए ।

कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययरत विद्यार्थीहरूले विज्ञान प्रर्दशनीमा विभिन्न सामाग्रीहरू पनि राखेका थिए । उनीहरूले एक दर्जन स्टल प्रर्दशनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । यस्तै र्नसरीदेखि दश कक्षासम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, साँस्कृतिक झल्किने फेशन शो देखाएर सहभागिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.