Websoft University

अन्तक्र्रियात्मक कार्यशाला गोष्ठी सम्पन्न



विराटनगर । रातो तारा डट कम, गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेको दीर्घकालिन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले गुटको राजनीति त्याग्न नेताहरूलाई सुझाव दिएका हुन् ।

कार्यक्रममा प्राध्यापक बलराम पौडेलले कांग्रेसमा नेतैपिच्छे गुट खडा गरेर कार्यकर्ता भागवण्डा गर्ने प्रबृत्तीले पार्टी कमजोर हुँदै गएको बताए । परम्परागत र कर्मकाण्डी प्रबृत्तीले पार्टी चलाएर नहुने भन्दै दीर्घकालिन योजनाकासाथ अघिबढ्न उनको सुझाव छ ।

कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, प्राध्यापक शैलेन्द्र शिवाकोटीलगायतले पार्टीभित्रै पनि एउटा नेतालाई अर्को नेताले चुनाव जित्ला भन्ने डर हुनु दुखद भएको बताए । कांग्रेसमा पद लिन लुछाचुडी गर्ने तर, पद पाएपछि जिम्मेवारी बहन नगर्ने प्रबृत्तीको अन्त्य गर्न पनि सहभागिहरूले सुझाव दिएका छन् । विभिन्न क्षेत्रका सुभेच्छुकहरूले दिएको सुझावका आधारमा भावि नीति तय गरेर अघि बढ्न कार्यक्रम आयोजना गरिएको नेपाली कांग्र्रेस मोरङका सचिव नागेश कोइरालाले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुलगायत प्राध्यापक, कर्मचारी तथा विभिन्न क्षेत्रका विज्ञसहित ३० जना सहभागी थिए । केन्द्रीय सदस्य अर्यालले कांग्रेसका नेताहरुलाई फसाउन सरकार योजनागत रुपमा लागेको र यसको साथ अख्तियारले दिएको बताए । अर्यालले भने‘‘कांग्रेसले स्थापित गराएका लोकतान्त्रिक मान्यतालाई नेकपाले ध्वस्त बनाउदै लगेको छ ।’’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.