Websoft University

सप्तकोशी नदीमा सञ्चालनमा आएका पानी जहाज बन्द भए

विराटनगर । रातो तारा डट कम, सप्तकोशी नदीमा सञ्चालनमा आएका पानी जहाज बन्द भएको छ । स्थानीयको अवरोध बढेपछि सञ्चालन गर्न नसकिएको सञ्चालकले बताएका छन् ।
सप्तकोशीमा दुई वर्षअघि पानी जहाप परीक्षण गरेर सञ्चालनमा आएको थियो । एक वर्षदेखि भने नियमित सञ्चालन हुने गरेकोथियो । तर, स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनु पर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायतका माग राख्न थालेपछि पानी जहाज बन्द गर्नुको विकल्प नरहेको जल यातायात व्यवसायीलेआज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।

सप्तकोशीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सातवटा पानी जहाज चल्दै आएका छन् । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि., नेपाल रिभर ट्रान्सपोर्ट प्रा.लि., बराहक्षेत्र मरिन एण्ड रिर्सोट प्रा.लि. र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रा.लि.ले सातवटा पानी जहाज सञ्चालन गर्दै आएका छन् ।

पानी जहाज सहिदभूमिको त्रिवेणीमा रोकिएको सप्तकोशी टुरिजमका सञ्चालक राजेन्द्र कार्कीले बताए । उनले भने,‘‘हामीलाई धेरै दबाब आएपछि दुई दिनदेखि जहाज बन्द गरेका हौं ।’’ कार्कीले जाहाज सञ्चालन गर्ने वातावरण बनाउन स्थानीय प्रशासन र प्रदेश सरकारलाई पनि ध्यानाकर्षण गरिएको जानकारी दिएका छ्न । चतराबाट बराहक्षेत्र जल यातायातले चारवटा, नेपाल रिभर, बराहक्षेत्र मरिन र सप्तकोशी टुरिजमले एक एक जहाज सञ्चालन गर्दै आएका छन् । कार्की भन्छन्,‘‘दैनिक चारदेखि पाँचसय यात्रुले सेवा पाईरहेका थिए ।’’

सप्तकोशीमा तीन सिटका तीन, आठ सिटका दुई, सत्तरी सिटको एक र अठार सिट क्षमताको एउटा गरी कूल सातवटा पानी जाहाज सञ्चालन हुँदै आएका थिए । खासगरी चतराघाटबाट बराहक्षेत्र र भोजपुरका विभिन्न भागसम्म पुग्ने यात्रुलाई पानी जहाज सञ्चालनमा आएपछि आउजाउमा सहज भएको थियो ।
तराई झर्ने र पहाडतर्फ जानेहरु हिंडेर जाँदा निक्कै लामो समय लागेपनि भोजपुरको सिम्लेसम्म दशदेखि बाह्र मिनेटमा पुग्न सकिन्छ । बराहक्षेत्र तीन मिनेटमा पुग्न सकिन्छ । जल यातायात व्यवसायी महासंघले यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र जहाज सञ्चालन गर्ने जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.