Websoft University

काँग्रेसका उपसभापति विजयकुमार गच्छादार समेतका नाममा एक दुइ दिनमा म्याद जाने


काठमाण्डौ फागुन ३ गते । रातो तारा डट कम,विशेष अदालतले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप ७ जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । अदालतका प्रवक्ता पुष्पा पाण्डेले १५ दिनभित्र उपस्थित हुन भनी जानकारी गराइएको बताउनुभयो । 

विशेष अदालतले भूमिसुधार तथा व्यवस्था विभागका निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, मालपोत कार्यालय डिल्लीबजारका प्रमुख टीकाराम घिमिरे, मालपोत कार्यालयका सुब्बा टीकाबहादुर बिसी, मालपोत कार्यालय काठमाडौंका खरिदार जीवनाथ पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख अर्जुनप्रसाद भण्डारी र मालपोत कार्यालय डिल्लीबजारका नासु श्रीहरि पुडासैनीलाई हदम्याद जारी गरेको हो । 

काठमाडौं नापी कार्यालयका तत्कालीन नापी अधिकृत मोहम्मद साविर हुसेनको हकमा भने स्थायी ठेगाना खुल्न नसकेको र अख्तियारले पेश गरेको नम्बरमा सम्पर्क हुन नसकेपछि म्याद पठाउन नसकिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

यसैबीच विशेषले यसअघि भ्रष्टाचार मुद्दा खेपेका भूमिसुधार विभागका तत्कालीन महानिर्देशकसहित ७ जनालाई १५ दिने म्याद जारी गरेको थियो । ललिता निवासको जग्गा प्रकरणमा आरोपपत्र दायर भएका पूर्वमन्त्रीहरुको म्याद पठाउनका लागि रुजु गर्ने काम विशेषले सुरु गरेको जनाएको छ । 

पूर्व भौतिक तथा पूर्वाधारमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छादारलगायतलाई म्याद पठाउन नाम, वतन रुजु गर्ने काम भइरहेको अदालतले जनाएको छ । एकदुई दिनमा उनीहरूको नाममा म्याद जारी हुने विशेष अदालतले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.