Websoft University

मनाङ मस्र्याङ्दी क्लब आजको खेलबाट तेस्रो स्थानमा पुग्यो


काठमाण्डौ माघ २६ गते । रातो तारा डट कम,न्युरोड टिम एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । आज ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले हरायो । पहिलो हाफमा दुई गोल गरेको मनाङले दोस्रो हाफमा थप दुई गोल ग¥यो । एनआरटीले दोस्रो हाफको अन्तिम समयमा एक गोल फर्कायो । जित सहित मनाङ २२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मनाङले दुई खेल अगावै आफुलाई शीर्ष ६ मा सुरक्षित गरेको छ । एनआरटी १५ अंक सहित तालिकाको आठौं स्थानमा छ । पछिल्लो नतिजाले एनआरटीको शीर्ष ६ मा पर्ने सम्भावना कमजोर बनेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.