Websoft University

सम्झना खत्री परियारलाई सुरेन्द्र साहले नै घाटी रेटी मारेको हो।


बिराटनगर माघ २६ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिका वडा नं, १२ मलहनुवा पश्चिम रिङरोडबाट करीब २५ मिटर पश्चिम उखुबारीमा एकजना महिला मृत अवस्थामा छ भन्ने स्थानिय ब्यक्तिबाट जिल्ला प्रहरी कार्यालय मोरङको कन्ट्रोल रूममा जानकारी प्राप्त भएको । उक्त सूचना पश्चात जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षकको कमाण्डमा घट्नास्थलतर्फ टोली परिचालन भई घट्नास्थललाई सुरक्षित गरी सुक्ष्म अवलोकन तथा अनुसन्धान शुरू भएको ।

घट्नास्थल बाँसघारी पश्चिम उखुबारीमा पश्चिम टाउको, पूर्व खुट्टा उतानो परेको अवस्थामा कुर्ता सुरुवाल लगाएको, घाटी काटिएको, घाटीमा सलले बेरिएको, बाँया हातमा द्यक् लेखिएको अवस्थामा नाम थर ठेगाना नखुलेको र तत्काल सनाखत नभएको महिलाको शव फेला परेको । सनाखतको लागि उक्त महिलाको फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी संचार, टेलिभिजन, एफ। एम। लगायतका सञ्चार माध्यमबाट हुलिया परिपत्र गरेपश्चात उक्त महिला जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं। ६ कालीमन्दिर चोक बस्ने बसन्त परियारकी श्रीमती बर्ष ३२ की सम्झना खत्री परियार रहेको खुल्न आएको । 

करीब १४०० बजे निजको श्रीमान् ले समेत पहिचान गरेको । प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला सप्तरी कृष्णश्रवण गाउँपालिका वडा नं। ३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउपालिका वडा नं। ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर ईन्चार्जको रूपमा कार्यरत बर्ष २५ को सुरेन्द्र प्रसाद साह र निज मृतक सम्झना खत्री परियार वीच विगत ३ बर्ष देखि प्रेम सम्बन्ध रहँदै आएको । मृतकसंग निजको सम्पर्क र
सम्बन्धको आधारमा निजलाई नियन्त्रणमा लिईएको ।

 मिति २०७६।१०।२१ गते मंगलबारको दिन निज मृतक सम्झना खत्री परियार विहान अन्दाजी १०स्०० बजेदेखि सुरेन्द्र साहको सम्पर्कमा नरहेकोले सुरेन्द्र साहले मृतक सम्झना खत्री परियारलाई पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि टेलिफोन सम्पर्कमा नआएको हुँदा सोही दिन अन्दाजी १२स्०० बजेतिर सम्झना खत्री परियारलाई भेट्नको लागि निजको घर दुहवी जाँदा घरमा कोही नरहेको घरमा ताल्चा लागेको देखे पश्चात्
सुरेन्द्र साहले छिमेकीलाई सोधी खोजी गर्दा सम्झना विहान १०स्०० बजे देखि नै घरबाट निस्किएको भनि जानकारी पाए पश्चात पुनस् फ्याक्ट्रीमा गई काम गर्न थालेको र अपरान्ह ४ बजे सम्झना खत्री परियारलाई खोज्नको लागि वरपरको एरिया ईलाकामा खोज्दै जाने क्रममा बाँसबारी चोक अगाडि भेटी निज सम्झना खत्री परियारलाई आफ्नो बाइकमा चढाई बाँसबारी चोकबाट पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ जाने क्रममा विराटनगर महानगरपालिका वडा नं। १२ मलहनुवा रिङरोड छेउमा मोटरसाईकल रोकी गफगाफ गर्ने क्रममा २ जनाको वीच एकआपसमा वादविवाद तथा झै झगडा हुँदा रिसको आवेगमा आई निज मृतकको प्रेमी सुरेन्द्र साहले निज मृतककै सल घाँटीमा बेरी तान्दै उखुबारीमा पुर्‍याई धारिलो बाँसलाई हतियारको रुपमा प्रयोग गरी घाटी रेटी कर्तब्य गरी मारेको । 
 घट्नाको बिषयमा सम्झना खत्री परियारलाई आफुलेनै मारेको हो भनी निजले स्वीकार समेत गरेको अनुसन्धानबाट खुल्न आएको । निज सुरेन्द्र साहलाई कर्तब्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भई रहेको । बरामद सामाग्री ,  मृतक सम्झना खत्री परियारलाई घट्नास्थल सम्म बोकेर लगेको
मोटरसाईकल थान १  सुरेन्द्र साहको साथबाट बरामद गरिएको मोवाईल थान २ रहेका छन्। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.