Websoft University

अन्तर्राष्ट्रियस्तरीय वरिष्ठ राजयोग प्रशिक्षक, चार दिवसीय शिविरको समुदघाटन



बिराटनगर माघ २६ गते । रातो तारा डट कम, आइतबारका दिन मोरंग व्यापार संघ र ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, विराटनगरको संयुक्त आयोजनामा संघको सभाकक्षमा अन्तर्राष्ट्रियस्तरीय वरिष्ठ राजयोग प्रशिक्षकबाट ‘तनाव रहित, आन्तरिक शान्ति तथा खुशीयाली जीवन विषयक चार दिवसीय शिविरको समुदघाटन गरिएको छ ।  


उद्योग/व्यवसाय क्षेत्रमा आवद्ध रही व्यस्त र तनावपूर्ण जीवनशैली बिताई रहनु भएका उद्योगी व्यवसायी लगायतका व्यक्तीत्वहरुलाई उज्जवल जीवनशैलीका आधारभूत मुलमन्त्रहरु अवगत गराउने एवं ऊर्जावान बनाउने मुख्य उद्देश्यका साथ काठमाडौँबाट पाल्नु भएका वरिष्ठ राजयोग प्रशिक्षक ब्र.कु. राजु घलेज्यूबाट प्रशिक्षण दिइदैछ ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र प्रदेश नं. १ की प्रमुख बि.के. गीता दिदीज्यू र मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको समुदघाटन सत्रमा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेज्यूको प्रमुख अतिथिको रुपमा उपस्थित रहनु भएको थियो । कार्यक्रममा पाल्नु भएका अतिथिहरु र प्रमुख अतिथिज्यूको शुभकामना सन्देश पश्चात वरिष्ठ राजयोग प्रशिक्षक ब्र.कु. राजु घलेज्यूले शिविर बारे प्रकाश पार्नु भई उद्योगी व्यवसायीहरुलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमबाट सबैलाई लाभ उठाउन आग्रह गर्नुभएको थियो ।

आजबाट संचालन भएको सो शिविर आगामी तीन दिन (माघ २९ गते)सम्म बेलुकी ४ बजेदेखि ६ बजेसम्म संघको सभाकक्षमा संचालन हुनेछ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.