Websoft University

विराटनगरमा ‘कलेज स्तरीय फुटबल प्रतियोगिता’ हुने भएको छ


विराटनगर माघ २६ गते । रातो तारा डट कम, विराटनगरमा ‘कलेज स्तरीय फुटबल प्रतियोगिता’ हुने भएको छ । विराट बुद्ध स्पोर्टिङ्ग क्बल विराटनगरको आयोजनामा आउँदो फागुन २८ गतेदेखि फुटबल प्रतियोगिता हुने आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

प्रतियोगितामा ८ आठ वटा टिमको सहभागि रहने विराट बुद्ध स्पोर्टिङ्ग क्बलका अध्यक्ष रोहित कोइरालाले जानकारी दिए । उनका अनुसार २१ वर्ष उमेरका प्ल टु देखि ब्याचलरमा अध्ययरत विद्यार्थी खेलाडीहरूले भाग लिनेछन् । लिक कमनकआउटको आधारमा हुने उक्त प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार र उपविजेताले ७५ हजार नगदसहित ट्रफि प्राप्त गर्नेछन् । यो प्रतियोगिता विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेलमैदानमा हुनेछ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड्फिल्डर र सर्वा्धिक गोलकर्तालाई १० हजारका दरले पुरस्कार दिईने छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई ३ हजार एक सय रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।

केही समय अघि मात्र स्थापना भएको क्लबले प्रतियोगिता गर्नु सुखद भएको मोरङ जिल्ला फूटबल संघको अध्यक्ष दिपेन्द्र धिमालले बताए । विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष सन्तोष बानीयाले सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिता सफल बनाउन सवैले सहयोग गर्नुपर्ने बताए ।

प्रतियोगिताको समूह ‘ए’ मा पथरीशनिश्चरेको रेड स्टार मावि, विराटनगरस्थित ग्रिनल्याण्ड, निहारिका र हिमालय दर्शन कलेज रहेको छ । यस्तै समूह ‘बी’ मा बुद्ध इङ्गलिस, सिटी कलेज, कोशी मल्टिपल र कान्तिपुर कलेज रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.