Websoft University

सेवाग्राहीले बैंकबाट सहज सुबिधा पाए


काठमाण्डौ माघ २० गते । रातो तारा डट कम,बझाङमा बैंकको संख्या बढ्दै गएको छ । बैंकको संख्या बढेपछि सेवाग्राहीलाई सहज भएको छ । विगतका बर्षमा नेपाल राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले मात्र सदरमुकाम चैनपुरमा सेवा दिइ रहेको बझाङमा हाल भने ११ बैंकले सेवा दिदै आइरहेका छन् । 

तिन चार बर्ष यता जिल्लाको सदरमुकाम चैनपुरमा सिटिजन बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, महालक्ष्मी विकास बैंक, सनराइज बैंक, एनआइसी एसिया बैंक र छबिस पाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक, खप्तड छान्ना गाउँपालिकामा प्राइम कर्मसियल बैंकका शाखा बिस्तार गरेका छन् ।

जिल्लामा बैंकको संख्या बढेपछि क्रृण लगानी गर्न, सेवाग्राहीलाई आफतिर आर्कषण गर्न पनि बैंकमा एकदमै प्रतिस्पर्धा चलेको छ । बैंक जिल्लामा भित्रिएपछि व्यापारी, उद्योगी लगायतका सर्बसाधारणले समेत ऋण लगेर विभिन्न आर्य आर्जन गर्ने खालका व्यापार गर्दै आएका छन् । बैंकको संख्या बढेपछि सेवाग्राहीले चेक साट्न पनि एक दुई घण्टा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । 

सदरमुकाम चैनपुरमा राष्ट्रिय बाणिज्य बैंकले मष्टा गाउँपालिकामा, कृषि विकास बैंकले बुंगल नगरपालिकामा एभरेष्ट बैंकले तल्कोट र सुर्मा गाउपाँलिकामा पनि शाखा बिस्तार गरी सेवा दिइरहेको छ । गाउँमा नै बैंकले शाखा बिस्तार गर्दा विकट गाउँपालिकाका बासिन्दाले बैंकिङ कारोबार गर्न ५÷६ दिन पैदल हिँडेर सदरमुकाम चैनपुर आउनु पर्ने बाध्यता पनि टरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.