Websoft University

“ढिकी कुटी” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो )



काठमाण्डौ माघ २० गते । रातो तारा डट कम,सिलिगुडी, दार्जिलिङमा रहेर लोक गीत संगीतका माध्यम बाट लोक गायिकाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल गायिका नवनीत आदित्य वाइबाले नयाँ म्युजिक भिडियो “ढिकी कुटी” सार्वजनिक गरेकी छिन । 
महिलाहरुका पिडा, वेदना र चुनौतीका बिषयमा गीत गाउन रुचाउने नवनीतका गीतहरुमा नेपाली समाजको झझल्को पाइन्छ । “ढिकी कुटी” एउटी युवती अथवा महिलाले आफ्नो जीवनकालमा देख्ने भोग्ने विभिन्न ऋतुहरुको बयान हो । सुरुवातमा उ संग रुप र यौवन हुन्छ । उसको रुप र यौवनको लोभले उसलाई पाउन चाहनेहरुको प्रेममा उ भुल्न पुग्छे । अन्तत जब उ एक्ली हुन्छे उसले जीवनमा निराशा र अन्धकार महसुश गर्न पुग्छे । धरान , नागाल्याण्ड र पश्चिम दार्जिलिङ पहाड जहाँ गायिका नवनीतको घर छ त्यहि म्युजिक भिडियोको छायांकन भएको हो ।
यस गीतमा स्वर नवीनत आदित्य वाइबाको रहेको छ भने शब्द गायिका वाइबाकै रहेको छ । गीतमा संगीत गायिका वाइबा र सत्य आदित्य वाइबाको रहेको छ ।गीतको संगीत संयोजन रुबिन कुमार श्रेष्ठले गरेका हुन । स्वयम् गायिका वाइबा फ़िचर्ड म्युजिक भिडियोलाई नेलसन तामाङले छायांकन र सम्पादन गरेका हुन् । नवनीतका भाइ सत्य आदित्य वाइबाको निर्देशन र निर्माणमा भिडियो तयार भएको हो । 
गायिका नवनीत आदित्य वाइबा , स्वर्गीय बरिस्ठ लोक गायिका हिरा देवी वाइबाकी सुपुत्री हुन् । एयरलाइन्सको जागिर पश्चात हाल उनि आफ्नी आमाकै पेशामा फर्किएकी छिन । आमाकै पुराना गीतहरुलाई उनि र उनका भाइ मिलेर पुन प्रकाशनमा ल्याएर यसघि सन् २०१७ मा “आमालाई श्रदान्जली” नामक एल्वम समेत प्रकाशनमा ळ्याइसकिएको छ । 
“ढिकी कुटी” केहि अनुभवी, साथीभाई र शुभचिन्तकहरुको सयुक्त प्रयास बाट जन्मिएको कोशेली हो । यस गीतलाई माया गरिदिन गायिका वाइबाले सम्पूर्ण नेपाली दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेकी छिन ।भिडियो स्वयम गायिका वाइबाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.