Websoft University

मापदण्ड बिपरितै जथाभाबि क्रसर उद्योग सञ्चालन भइरहेका छन–सरकार चै मौंन


 काठमाण्डौ माघ २० गते । रातो तारा डट कम,देशभर करिब ७ सय क्रसर उद्योग रहेका छन् । विद्यमान मापदण्ड अनुसार राजमार्ग वा नदीबाट सामान्यतय पाँच सय मिटर टाढा मात्रै क्रसर उद्योग राख्न पाउने व्यवस्था छ । केही जिल्लामा भने नदी वा राजमार्ग र क्रसर उद्योगको दुरी एक किलोमिटर छ । 

तर अधिकांश क्रसर उद्योगले मापदण्ड पूरा गरेका छैनन् । सिन्धुपाल्चोकमा मात्र करिब २० भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् । सबै क्रसर उद्योग सरकारबाट अनुमती लिएरै सञ्चालन गरिएका हुन् । तर प्राय क्रसर उद्योगले मापदण्ड पूरा गरेका छैनन् । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ सञ्चालित कुनैपनि क्रसर उद्योगले मापदण्ड पूरा नगरेका बताउनुन्छ । 

क्रसर उद्योग सञ्चालनका लागि हरेक जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले अनुमती दिने व्यवस्था छ । यसका लागि मापदण्ड पुगे नपुगेको बारेमा स्थानीय तहले नै सिफारिस गर्नुपर्छ । मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन भएको भनेर अहिलेसम्म गुनासो नआएका कारण केहि गर्न नसकिएको उद्योग विभागको तर्क छ । विभागका महानिर्देशक जीवन सिटौला गुनासो आएमा विभागले यस विषयमा कदम चाल्न सक्ने बताउनुहन्छ । 
देशभर सञ्चालित क्रसर उद्योग तथा वातावरणिय प्रभावको विषयमा अनुगमन गर्न सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक समिति गठन गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्ले २०७१ मंसिरमा मापदण्ड नपुगेका क्रसर उद्योगलाई स्थानान्तरण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसपछि, खानी तथा भूगर्व विभागले १४ जिल्लामा ९५ खानी पहिचान गरेर स्थानान्तरण गर्ने निर्णय गरेको थियो । 

तर अहिलेसम्म पूर्वाधारसमेत  निर्माण भएको छैन । संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति यस विषयमा किन मौन ? भन्ने प्रश्नमा समितिका सभापति पूर्णाकुमारी सुवेदीले  आफूहरूले काम गरिरहेको र सरकारलाई पनि यस विषयमा सचेत गराएको जवाफ दिनुभयो । 

स्थानीय सरकारलाई करोडौं आम्दानी र व्यवसायीदेखि जनप्रतिनिधिसम्मका लागि कमाइको स्रोत बनेकाले पनि मापदण्ड विपरित चलेका क्रसर उद्योग स्थानान्तरण तथा बन्द हुन नसकेको कतिपयको तर्क छ । क्रसर उद्योगमा राजनीतिक दलका नेता र उच्च प्रशासकको समेत लगानी रहेको चर्चा चल्ने गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.