Websoft University

क्रसर उद्योगहरू नियम विपरित चल्दैछन।


काठमाण्डौ फागुन ३ गते । रातो तारा डट कम, काभ्रे जिल्लामा सञ्चालन भइरहेका नदीजन्य र खानीजन्य पदार्थ सङ्कलन तथा उत्पादन गर्दै आएका क्रसर उद्योगहरू नियम विपरित चलेको पाइएको छ । जिल्ला अनुगमन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लाका कुनै पनि क्रसर उद्योगहरू मापदण्डभित्र सञ्चालन नभएको पाइएको हो । समितिले गएको पुस ८, ९, १७ र २१ गते गरेको स्थलगत अनुगमनको प्रतिवेदन सार्वजनिक गरिएको हो । समितिले संघीय सरकार र प्रदेश सरकारले तोकेका विभिन्न १२ वटा सूचकसहित अनुगमन गरेको थियो । अनुगमन समितिको बैठकले विभिन्न ६ वटा निर्णय गर्दै तोकिएको मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसर उद्योगले प्राकृतिक स्रोतको दोहन गरिरहेको भन्दै मापदण्डमा हेरेफेर गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ । समितिले प्रत्येक स्थानीय तहमा कम्तीमा १ वटा खानी क्षेत्र तोक्नसमेत आग्रह गरेको छ । समितिले रोशी र सुनकोशी नदीमा सञ्चालनमा रहेका २२ वटा क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.