Websoft University

‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु- डा.अर्थमन्त्री युवराज खतिवडाले एक्स्पोको उद्घाटन गर्नु भयो


विराटनगर फागुन २ गते । रातो तारा डट कम, विराटनगर–२ स्थित शंकरपुरमा आजदेखि ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु भएको छ । उद्योग संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ आयोजना गरेको प्रदर्शनी मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरे ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीको वातावरण बन्दै गएको बताए । यस क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न विराटनगर जुट मिलको सन्दर्भले मात्र नपुग्ने बताएका अर्थमन्त्री खतिवडाले उद्योग व्यवसायको प्राकृतिक चक्रलाई सबैले बुझ्नु आवश्यक रहेका प्रस्टाए ।

जुट उत्पादन बढाउने उद्योगलाई सरकारले संरक्षण गर्ने बताए। अर्थमन्त्री खतिवडाले भने, ‘यससँगै अब हामी नयाँ व्यवसायमा केन्द्रित हुन आवश्यकछ । जसले औद्योगीकरण को नयाँ स्वरुप कोर्ने छ ।’

क्रस बोर्डर आर्थिक क्षेत्र बनाउँदै गरेको बताउँदै अर्थमन्त्री खतिवडाले त्यसलाई आधार बनाएर यहाँको औद्योगीकरणको बाँकी प्रक्रिया बढाउनेमा जोड दिए । सोही क्रममा विराटनगरको विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको हब बनाउन सकिने सन्दर्भमा सरकारले आर्थिक पक्षमा समस्या आउन नदिने अर्थमन्त्री खतिवडाले बताए ।

उद्योग राज्यमन्त्री मोतीलाल दुगडले सरकारले उद्योगीलाई ज्वाइँ समान व्यवहार गर्ने गरेको बताए । कार्यक्रममा उद्योगीलाई उत्साहित बनाउँदै गर्दा राज्यमन्त्री दुगडले विगतभन्दा हाल सरकारले उद्योगी व्यवसायीलाई ज्वाइँ समान सम्मान र व्यवहार गर्दै आएको बताए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले महानगरले जग्गा उपलब्ध गराएको खण्डमा प्रदेश सरकार बजेट लगानीमा प्रदर्शनीस्थल निर्माण गर्ने बताए ।

कार्यक्रममा प्रदर्शनीका संयोजक भोलेश्वर दुलालले प्रदेश राजधानीमा समेत औद्योगिक केन्द्रको अभावमा रहेको गुनासो गरे । प्रदर्शनीमा नेपालको स्वदेशी उत्पादनसँगै भारत, पाकिस्तान, भुटान, बंगलादेशलगायतका सरसमान प्रदर्शनीमा राखिएको उनले जानकारी दिए ।

प्रदर्शनीको उद्घाटनका क्रममा प्रदर्शनीका संयोजक भोलेश्वर दुलाल र स्टल व्यवस्थापनका विपिन कारबलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मानपत्रका साथ सम्मान गरेका थिए ।

हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत विभिन्न मनोरञ्जनको व्यवस्था गरिएको छ । यस्तै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको साँगीतिक प्रस्तुति, फेसन शो, सेल्फी जोनलगायतका विभिन्न आकर्षण पनि एक्स्पोमा समावेश गरिएको छ ।

एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुनेछ । मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ । 

एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैया“ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल एक्स्पोमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.