Websoft University

प्रणय दिवस आज नेपालमा पनि मनाइदैं



काठमाडौं फागुन २ गते । रातो तारा डट कम,आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । अंग्रेजी महिनाको फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ । पश्चिमा मूलुकमा मनाउने गरिएको प्रणय दिवस, पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको छ । 

आजको दिन आफूले प्रेम गरेको र मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्दै रातो गुलाबलगायत उपहार दिने गरिन्छ । विशेषत ः शहरी क्षेत्रका युवा युवतिले यो दिवस मनाउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा पनि प्रणय दिवसको शुभकामना दिने र यो दिवसको चर्चा हुने गरेको छ ।

इटालीका पादरी सेन्ट भ्यालेन्टाइनले तत्कालीन नियमविरुद्ध सैनिकहरुको प्रेम विवाह गराइदिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सैनिकको विवाह गराइदिएका पादरी भ्यालेन्टाइनलाई तत्कालीन शासकले मृत्युदण्ड दिए पनि उनी प्रेमी–प्रेमिकाका लागि सधैँ अमर रहेको भन्दै फेब्रुअरी १४ मा प्रणय दिवस मनाउन थालिएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.