Websoft University

विराट एकस्पो आजदेखि सुरु



विराटनगर, फागुन २ गते । रातो तारा डट कम,विराटनगरमा फागुन २ गतेदेखि (आज) आयोजना हुने विराट एक्स्पो (अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी) को सम्पूर्ण तयारी पूरा भएको छ । एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको र एक्स्पोको उद्घाटन शुक्रबार (आज) हुँदैछ । 

एक्स्पोको स्टल निर्माण, सडक कालोपत्रेलगायतका काम पूरा भएको एक्स्पो  मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालले बताए । एक्स्पोको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने छन् । नाफा कमाउने उद्देश्यले मेला आयोजना गरिएको होइन, उत्पादन र उपभोक्ताको प्रत्यक्ष भेटघाटको अवसर मिलाएका हौं, दुलालले भने । 

एक्स्पोबाट उद्योगीले आफ्नो उत्पादनबारे प्रत्यक्ष रूपमा उपभोक्तालाई बुझाउने छन् भने उपभोक्ताले प्रत्यक्ष रूपमा यसबाट फाइदा लिनसक्ने छन् । एक्स्पोमा राखिएको सामना बजार भाउभन्दा धेरै सस्तो हुनेछ । यसबाट उपभोक्ताले फाइदा लिने र उद्योगीले आफ्नो सामानको प्रचार गर्न सक्ने छन् । 

व्यापार मेलामा हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत  विभिन्न मनोरञ्जनको व्यवस्था गरिएको छ । यस्तै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको साँगीतिक प्रस्तुति, फेसन शो, सेल्फी जोनलगायतका विभिन्न आकर्षण पनि एक्स्पोमा समावेश गरिएको छ । 

नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला ९ दिनसम्म सञ्चालन हुनेछ । मेलाको सुरक्षाका लागि मेला स्थल वरपर सिसी क्यामाराको राखिएको छ । मेला आयोजना गर्न २ करोड बढी  खर्च लाग्ने अनुमान छ । एक्स्पोमा १ अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।  

मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ । एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैया“ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । 

३ सय ४० वटा स्टल रहने एक्स्पोमा ४० स्टल अन्तर्राष्ट्रिय, ६० वटा स्टल घरेलु तथा हस्तकला, १ सय ६० स्टल औद्योगिक उत्पादन, ३८ वटा अटोमोबाइल्सका छन् । यस्तै १२ वटा बैंक तथा वित्तीय संस्थाका, २० वटा जनचेतनामूलक, खानाका १० वटा स्टल रहेका छन् । एक्स्पोको अबलोकन ३ लाख बढीले गर्ने अयोजक समितिले दाबी गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.