Websoft University

भन्सार छली गरी ल्याएको ६० लाख भन्दा बढीको लत्ताकपडा बरामद


झापा,फागुन-२ गते । रातो तारा डट कम,झापाको मेचिनगर नगरपालिका-१२ धाइजन स्थित मेची राजमार्गबाट करिब ६० लाख ३१ हजार १ सय रुपैया बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरु बरामद गरिएको छ । ठुलो परिणामको अबैध सामानहरु ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्दा उक्त गाडी भित्रबाट अबैध रुपमा ल्याईएको बिभिन्न प्रकारका लत्ता कपडाहरु बरामद भएको हो । बरामद गरिएको कपडा , भेन चालक मेचीनगर-७ बस्ने बिकास चन्द्र राजबंशी र पिकअप समेतलाई आवश्यक कारवाहीको लागी क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.