Websoft University

यौन दुर्वव्यवहार गर्ने संग मिला पत्र भयो


श्याम राई उदयपुर गाईघाट  फागुन २ गते । रातो तारा डट कम,शिक्षकद्धरा छात्रामाथि गरिएको यौन दुर्वव्यहार को घट्नाको आपसी सहमतिमा मिलापत्र गरिएको छ ।

उदयपुरको कटारी नगरपालिका वडा नं ८ स्थित पटना भन्ज्याङ्ग माध्यामिक विद्यालयका शिक्षक आनन्द कुमार यादवले वुधबार एक छात्रालाई यौन दुर्वव्यवहार गरेका थिए ।
विद्यालयको प्रार्थना समयमा उपस्थित नभएको भन्दै शिक्षक यादवले छात्राको संवेदनशिल अङ्गमा हात लगाएका थिए । उक्त घट्नापछि छात्राले अभिभावकलाई आफुमाथि शिक्षक यादवले हातपात गरेको भन्दै जानकारी गराएपछि घट्ना सार्वजनिक भएको थियो ।

पिडित छात्राको अभिभावकले यादव माथि काकुनी कार्वाहीको लागी प्रहरीमा उजुरी गर्ने तयारी गरिरहेको वेला विद्यालयका प्रधानाध्यापक प्रेम खत्रीले दुवै पक्षलाई आपसी सहमति गराई मिलापत्र गराएका छन् ।

“मैले मिलापत्र नगर्न छात्राका अभिभावकलाई भनेको
थिएँ, तर प्रधानाध्यापकले जवरजस्ती घट्ना मिलापत्र गराएका छन् ।” वडा नं ८ का वडा अध्यक्ष कमल श्रेष्ठले भने । “शुरुमा घट्ना बाट उनले नै मलाई टेलिफोन गरी जानकारी दिएका थिए । मैले तुरुन्त प्रहरीमा जाहेरी दिन भनेको थिएँ ।” उनले भने । तर प्रधानाध्यापक खत्रीले ढाकछोप गर्दै मिलाएकाछन् ।

“उनले पिडित पक्षले छोरीको इज्जतमा दाग लाग्ने भन्दै मिलापत्र गरेको बताए । दुवै पक्ष विच लिखित कागज नै गरिएको छ भन्ने सुनेको छु । तर मिलापत्रको कागजमा के लेखिएको छ भन्ने बारे जानकारी छैन ।” उनले भने ।
प्रधानाध्यापक खत्रीसँग पटक पटक सम्पर्क गर्न खोज्दा उनको टेलिफोन उठेन ।  

आरोपित शिक्षक यादवले यस अघिपनि विद्यालयमा छात्राहरुमाथि दुर्वव्यवहार गर्ने गरेको तर लाज र डरले गर्दा कसैलाई पनि नभनेको एक छात्रालेबताईन ।
                                                             

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.