Websoft University

श्री शिव पाञ्चायन मन्दिर विकासका निम्ति श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैचा नगरपालिकाको वार्ड नं ७ गोठगाउँमा रहेको श्री शिव पाञ्चायन मन्दिरमा फागुन ५ गते देखि श्रीमद्भागवत सप्ताह महापुराणको आयोजना हुने भएको छ। पुराण आयोजक मुल समारोह समितिका अध्यक्ष भक्तिप्रसाद सिटौला का अनुसार मन्दिरका लागि थप जग्गा खरिद,जेष्ठ नागरिक चौतारी निर्माण, विवाह मण्डप निर्माण तथा मन्दिरको भौतिक संरचना निर्माण र मर्मत सम्भारका लागि पुराण आयोजना गरिएको हो।

पुराण आयोजना स्थलमा आयोजकले शनिबार पत्रकार सम्मेलन गरी आयोजक समितिका महासचिव नागेश पोख्रेलले पुराणमा १ करोड ५० लाख संकलन हुने अनुमान गरिएको र ५ गते कलश यात्रा गरी शुरू हुने महापुराण फाल्गुन १२ गते समापन हुने बताएका छन्।

आयोजक समितिका सदस्य चिरञ्जीवी शिवाकोटीका अनुसार प्रवीण दीनबन्धु पोखरेलको प्रमुख वाचनमा सम्पन्न हुने महापुराणको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्ने भएका छन्। हरेक दिन बिहान ९ बजे र साझँ ५ बजे आरती , प्रत्यक दिन बिहान ८ बजे देखि ९ बजे सम्म मण्डप पुजा र बिहान १० बजे देखि साँझ ५ बजे सम्म कथा वाचन हुने मन्दिर व्यवस्थापन समितीका अध्यक्ष पोष्ट कुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै देश विदेशमा रहेका धर्म प्रेमी भक्तजनले महापुराण आयोजक समितिका संयोजक भक्ति प्रसाद सिटौला, महासचिव नगेश पोख्रेल र कोषाध्यक्ष दुर्गादेवी निरौलाको नाममा मितेरी बैंकमा रहेको खाता नम्बर ०१६११६००९४९३१३०००००१ मा रकम जम्मा गर्न सकिने आर्थिक संयोजक खड्ग श्रेष्ठले जानकारी दिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.