Websoft University

अव काम नगर्ने ठेकेदार कार्यवाहीमा पर्ने भए


काठमाण्डौ फागुन ४ गते । रातो तारा डट कम,गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताउनुभएको छ । मकवानपुरको फापरबारीमा आजदेखि सुरु भएको वागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको बताउनुभयो । उहाँले अन्तिम मौका दिँदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो । ‘काम नगर्ने र र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्ने ठेकेदारलाई अन्तिम मौका दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भइसकेको छ । अब अन्तिम मौका दिइनेछ । सो अवधिमा पनि काम नभए सरकारले कारबाही गर्नेछ, गृहमन्त्री थापाले भन्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.