Websoft University

चिसोले गर्दा बालबालिकाहरुमा निमोनियाको उच्च जोखिम बढ्यो


काठमाण्डौ पुस २४ गते । रातो तारा डट कम,चिसो बढेसँगै बालबालिकालाई रुघाखोकी लाग्ने, ज्वरो आउने र निमोनियाको जोखिम उच्च हुने चिकित्सकहरुले बताएका छन् । महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा निमोनिया भएर उपचारका लागि आउने बालबालिकाको संख्या बढेको छ ।

अस्पतालका अनुसार चिसो बढेसँगै कान्ति अस्पतालमा मात्रै दैनिक ५० देखि ६० जनासम्म निमोनिया भएका बालबालिका उपचारका लागि पुग्ने गरेका छन् । निमोनिया विशेष गरि बालबालिकालाई लाग्ने श्वास प्रश्वाससम्बन्धी रोग हो । जसका कारण फोक्सोमा संक्रमण हुने गर्छ । चिसो मात्र नभएर काठमाडौंमा वायु प्रदूषण र धुलो धुवाँका कारण पनि बालबालिकामा निमोनिया हुने गरेको कान्तिबाल अस्पतालका निर्देशक डाक्टर आरपी बिच्छाले बताउनुभयो । 

चिकित्सकहरुका अनुसार, निमोनिया भएका बालबालिकालाई पटक–पटक आमाको दूध खुवाइराख्नुपर्छ । ६ महिनाभन्दा बढी उमेरका बच्चालाई बढी झोलिलो पदार्थ खुवाउनुपर्छ । ति बाहेक अदुवा, तुलसीको पात आदि राखेर पकाएको पानी समय समयमा पिउन दिने, बच्चाले छिटो छिटो सास फेर्ने गरेको छ कि छैन भनेर हेरविचार पनि गर्नुपर्छ । बच्चालाई न्यानो बनाएर राख्न पनि बाल रोग विशेषज्ञ डाक्टर रामहरी चापागाँईको सुझाब छ । स्वास्थ्य विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷७६ मा मात्रै ५६ हजार १ सय ४६ जनामा निमोनियाको संक्रमण देखिएको थियो । 

यसमध्य कडा निमोनिया १६ सय ३२ जना बालबालिका संक्रमित भएका थिए । निमोनिया सहित स्वास प्रश्वाससँग सम्बन्धित रोगका कारण गतवर्ष ७४ जना बालबालिकाको मृत्यु भएको तथ्याङ्कमा छ । विश्व स्वाथ्य संगठनका अनुसार हरेक वर्ष २४ हजार बालबालिकाको निमोनियाका कारण मृत्यु हुने गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.