Websoft University

सवारी दुर्घटनामा ३ जनाको मृत्यु ७ जना घाईते


उदयपुर, पौष २४ गते । रातो तारा डट कम,उदयपुरको २ छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन । बुधबार साँझ ५ बजेको समयमा उदयपुरको त्रियुगा नगरपालिका-१० स्थितमा गाईघाटबाट चुहाडे तर्फ जादै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुदा त्रियुगा नगरपालिका-७ बस्ने २० बर्षिय सिमा दनुवारको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो भने घाईते भएका बर्ष २०कि मन्दिरा बस्नेत, बर्ष ६० को गोबिन्द कार्कि र बर्ष ३७ कि मञ्जु दनुवार को उपचार भईरहेको छ । साथै अटो चालक त्रियुगा नगरपालिका-४ बस्ने बर्ष २८ को होम बहादुर बि.क.लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । त्यसैगरी बुधबार साँझ पौने ६ बजेको समयमा उदयपुरको ताप्ली गाउँपालिका २ धपेनी स्थित भित्री सडक खण्डमा रामपुरझिल्के बाट कटारी तर्फ आउँदै गरेको मे १ ज २६६२ नंबरको बोलेरो गाडी आफैं अनियन्त्रित भई सडकबाट अंदाजि ५० मिटर तल खसेर दुर्घटना हुँदा ताप्ली गाउँपालिका-२ लेकगाउँ बस्ने बर्ष अंदाजि २६ को मिलन राई र झापाको बिर्तामोड बस्ने अंदाजि बर्ष ३३ को महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर गम्भिर घाईते भएका उदयपुरको ताप्ली गाउँपालिका-२ लेकगाउँ बस्ने बर्ष अंदाजि २७ को बाबु राई, बर्ष अंदाजि ४० की रस माया राई, बर्ष अंदाजि ३२ को मोतिलाल राई उपचारको लागी बिराटनगर तर्फ ल्याईएको छ । साथै बोलेरो चालक सोही गाउँपालिका-१ ओख्ले बस्ने बर्ष अंदाजि २१ को कोमल राज मगरको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.