Websoft University

स्थानीयलाई चिसोबाट बचाउन चोक, चोकमा आगो बाल्दै,


काठमाण्डौ पुस २४ गते । रातो तारा डट कम, यो पुस महिनाको जाडो, परिरहेको पानी र हिउको बहाबले चिसो महशुस गरिरहेका स्थानीयलाई आगो बाल्दै, तपाउदै गर्ने नयाँ अभियान जिल्ला प्रहरी कार्यालय कालीकोटले सुरु गरेको छ । 

अत्यधिक चिसो बढेपछि जिल्ला प्रहरी कार्यालय कालिकोटले आगो बाल्ने व्यवस्था गरेकोहो । डिभिजन वन कार्यालय संग समन्वय गरि प्रहरीले जिल्लाको प्रतिमाचोक, जिरोप्वाइन्ट र ताडि बजार लगायतका स्थानहरुमा आगो बाल्दै स्थानीयलाई तताउदै आएको छ । अत्याधिक चिसो बढेको हँुनालो आगो बालेर सर्वसाधारणलाई ताप्ने व्यवस्था मिलाईएको प्रहरी प्रमुख श्यामबावु वलियाले बताउनुभयो ।

प्रमुख वलियाका अनुसार, विषेश गरि बजार क्षेत्रमा दाउराको अभाव हुने र आगो ताप्नका लागि अन्य विद्युतिय उपकरण खरिद गर्न नसक्ने सर्वसाधरणका लागि आगो बाल्दै तताउने अभियान संचालनमा ल्याइएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.