Websoft University

टर्च ¥याली नुवाकोट पुग्यो



काठमाण्डौ पुस २२ गते । रातो तारा डट कम,नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको टोलीले सुरु गरेको पदयात्राको टर्च ¥याली नुवाकोट आईपुगेको छ । यही पुस १९ गते गोरखाबाट सुरु भएको ¥याली धादिङ, नुवाकोट हुँदै पुस २६ गते काठमाडौं पुग्नेछ ।  पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबारअगाडि हुने कार्यक्रममा सो ¥याली सहभागी हुने कार्यक्रम रहेको छ । जंगीअड्डाको निर्देशनअनुसार एकीकरण टर्च ¥याली गरिएको हो । गोरखाबाट टर्च र झन्डा बोकेर हिँडेको सेनाको टोलीले धादिङको सैनिक टोलीलाई टर्च र झन्डा हस्तान्तरण गरेको थियो भने टोलीले नुवाकोटमा रहेको सैनिक टोलीलाई हस्तान्तरण गरेको थियो । सेनाले ऐतिहासिक पदमार्ग पहिचान, विकास र संरक्षणमा सहयोग गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० मा पदमार्गमा पर्यटक र पदयात्री पु¥याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.