Websoft University

भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय


काठमाण्डौ पुस २२ गते । रातो तारा डट कम,भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत भएका छन् । संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयकमा छलफल गर्दै सांसदहरूले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेका हुन् । राष्ट्रिय सभाबाट पारित विधेयकमा नेपाल सरकारले परिषदको सिफारिसमा कुनै एक खेललाई नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा गर्न सक्ने उल्लेख थियो । यस्तै, सरकारले परिषद्को सिफारिसमा कुनै खेललाई नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा गर्न सक्ने उल्लेख छ । बैठकले विधेयकको दफा ३८ को २ उपधारा १ बमोजिम ऐन प्रारम्भ हुनुअघि सरकारले राष्ट्रिय खेलको रूपमा घोषणा गरेको भलिबल खेललाई यसै ऐन बमोजिम राष्ट्रिय खेलको रूपमा घोषणा गरेको मानिने उल्लेख गरेको छ । भलिबललाई सरकारले राष्ट्रिय खेलको घोषणा गरेपनि खेलकुद विधेयकमा भने आजबाट समावेश गरेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.