Websoft University

काँग्रेसक–असन्तुष्ट पक्षका जिल्ला सभापतिको भेला,पार्टी केन्द्रीय कार्यालयमा सुरु



काठमाण्डौ पुस २२ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको असन्तुष्ट समूहका जिल्ला सभापतिहरूको भेला सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निर्णयको बिरुद्धमा रहेका असन्तुष्ट समूहले जिल्ला सभापतिको भेला आयोजना गरेको हो । सभापति देउवाले बोलाएको बैठक बहिष्कार गर्दै आएको असन्तुष्ट समूहले जिल्ला सभापति भेला आव्हान गरेको थियो । क्रियाशील सदस्यता वितरणका विषयमा विधानका कतिपय धारा निलम्बन गरेर देउवाले निर्णय लिएको भन्दै निरन्तर उक्त समूहले बैठक बहिष्कार गर्दै आएको छ । देउवाको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि गर्ने घोषणा गरेको उक्त समूहले पहिलो पटक सभापति भेला आयोजना गरेको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.