Websoft University

पत्रकार र पत्रकारिताको सधै उच्च सम्मान गर्ने : प्रदेश प्रमुख प्यासी

विराटनगर पुस २१ गते । रातो तारा डट कम, सबैको साझा मान्छे बनेर प्रदेशबाट बिदा हुने इच्छा रहेको प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ बताएका छन् । दुई महिना अघि प्रदेश प्रमुख बनेका प्यासीले प्रदेश १ बाट बिदा हुँदा सबैको साझा व्यक्ती भएर बिदा हुने इच्छा रहेको बताएका हुन् ।
विराटनगरमा आज आयोजित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले सबैलाई बराबरी रुपमा लिएर जानु पर्ने भूमिकामा आफू रहेकाले त्यही अनुसार अघि बढ्ने बताए । ‘म सबैसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने ठाउँमा छु,’ उनले भने, ‘ जिम्मेवारी पुरा गर्न नसके म आफैलाई आत्माग्लानी हुन्छ ।’
प्रदेश प्रमुख प्यासीले संचार जगतले आलोचना, प्रशंसा तथा रचनात्मकता प्रदान गरेर राज्यलाई सहयोग गर्नु पर्नेमा जोड
दिए । उनले संचारकर्मीले सूचना नबनाए कोही पनि सूचित हुन नसक्ने स्पष्ट पारे । व्यक्ति भन्दामाथि विधि र नेत्रृत्व भन्दामाथि नीति छ भन्ने कुरा सबै बुझ्न सके मात्रै लोकतन्त्रले आफ्नो ठाउँ लिन सक्ने ‘प्यासी’ को भनाइ छ ।
विधि र नीतिले नै मुलुकको व्यवस्थाप्रति सबैलाई जवाफदेही बनाउने भन्दै प्रदेश प्रमुख प्यासीले त्यसले लोकतन्त्रलाई मजवुत पनि बनाउने उल्लेख गरे । मुलुकमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर रक्षा गर्न पनि विधि र नीति नै मुख्य हतियार रहेको प्रदेश प्रमुख प्यासीको भनाइ छ ।
मुलुकको ध्यान पछिल्लो समय पर्यटन प्रवद्धनमा केन्द्रीत भएको भन्दै उनले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै लाग्नुमा जोड दिए । प्रदेश १ पर्यटन प्रवद्धनका हिसाबले पनि पहिलो नम्बरमै आउनु पर्नेमा उनको जोड छ । ‘दीगो हिसाबको पर्यटन प्रवद्धनमा ध्यान दिन जरुरी छ,’ उनले भने, ‘मानव, पृथ्वी र वातावरणमा सकारात्मक प्रभाव पार्न सक्ने पर्यटन प्रवद्धनमा सबैको ध्यान जान जानु पर्छ ।’ ‘प्यासी’ले शासन लादेर र बजेट लगानी गरेर मात्रै पर्यटन प्रवद्धन नहुने स्पष्ट पार्दै सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्दा मात्रै त्यसमा सफल हुने उल्लखे गरे ।
प्रदेश प्रमुख प्यासीले संघियतालाई बलियो बनाउन नेपाली प्रेसले सजहता पूर्वक प्रभावकारी भुमिका खेल्ने भएकोले पत्रकारिताको शहनशिलतालाई सबैले सम्मान गर्नुपर्ने बताएका छन् । उनले संघियता बलियो बनाउन मात्र नभै समाजलाई अग्रगतिमा लान प्रेसको बाहुल्यताको अझै र सधै आवश्यकता रहिरहने बताए ।
लोकतन्त्रमा बिधि र नेतामाथि नीति सधै हावी हुनुपर्छ भन्दै त्यसमा बेथिती आउन नदिन नेपाली प्रेसले निर्धक्क खवरदारी गर्न प्रदेश प्रमुख प्यासीले आग्रहसमेत गरे ।
सूचना सबै तिर प्राप्त गर्न सकिने भएपनि पत्रकाहरुबाट आएका सूचनाहरु बढी बिश्वसनिय हुने भएकोले आफुले पत्रकार र पत्रकारिताको सधै उच्च सम्मान गर्ने प्रदेश प्रमुख प्यासीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.