Websoft University

जोगिदहस्थित प्रस्तावित सगरमाथा विमान स्थल निर्माणको लागि २५ हजार रुख कटान हुने


श्याम राइ गाईघाट, पौष २१ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका–२ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरीक विमान स्थल निर्माणको लागि निर्माण स्थल क्षेत्र भित्र पर्ने रुख कटानको लागि छपानको कार्य शुरु भएको छ । निर्माण स्थल कंग सामुदायिक वन र मोतिहाई सामुदायिक वन क्षेत्र भित्रका झण्डै २५ हजार रुख कटानको लागि वन प्राविधिक द्धारा रुख छपानको काम भैरहेको प्रस्तावित सगरमाथा विमान स्थलका अध्यक्ष विरेन्द्र कुमार बस्नेतले बताए ।
.
संस्कृती, पर्यटन तथा नागरीक उड्यन मंत्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआए) गरेपछि तिन वर्षदेखि विमान स्थलको काम अघि बढ्न सकेको थिएन । वन मंत्रालयले आन्तरीक कारण देखाउँदै ढिलाई गरेकोले काम अघि बढ्न नसकेको अध्यक्ष बस्नेतले बताए । तर अहिले वन मंत्रालयको सहमतीबाट काम अघि कढेको उनले बताए ।

निर्माण स्थल क्षेत्र भित्र के कती रुख विरुवा छन् कती रुख कटान गर्नु पर्ने भन्ने बारे छपानको काम सकेपछि मात्र विस्तृत विवरण आउने निर्माण स्थल उपभोक्ता समितिका सचिब परमेश्वर घिमिरेले बताए । प्रारम्भिक रुपमा ३५ हजार ५४१ रुख कटान गर्नु पर्ने भए पनि अहिले २५ हजार जति मात्र रुख कटान गर्नु अनुमान गरिएको उनले बताए ।‘ प्राविधिकको विस्तृत रिपोर्टपछि मात्र काटीने रुखको संख्या एकिन हुन्छ । उनले भने । अब एक सातापछि विस्तृत विवरण आउने छ ।’

रुख छपानको लागि लाग्ने खर्च त्रियुगा नगरपालिका र चौढण्डीगढी नगरपालिकाबाट १०,१०,लाख रुपैया उपभोक्ता समितिलाई उपलब्ध भैसकेको सचिब घिमिरेले बताए । त्यसैगरि सांसद हिमाल कार्कीले समेत संसदिय विकास कोषबा ५ लाख रुपैया उपलब्ध गराएको उनले बताए । १ सय ५६.११ हेक्टर क्षेत्रफल भित्र बन्ने विमान स्थल निर्माण हाताभित्र काटिने रुख मध्ये ९९ प्रतिशत सालको रुख रहेको विमान स्थल निर्माण समितिले जनाएको छ । विभिन्न २६ प्रजातीका रुख कटान मात्र होईन साना रुखलाई मेसिन द्धारा उखेलेर अन्यत्र सारीने जानकारी घिमिरेले दिए ।

प्रस्तावित विमान स्थल १ हजार ७५० मिटर लामो र ३० मिटर चौडाई भएको धावन मार्ग, २ सय मिटर लामो र ६० मिटर चौडाईको एप्रोन सहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी स्टाण्डगरि झण्डै १ सय ५७ हेक्टर दुई समुदायिक वन क्षेत्रको जग्गा यस अघि अधिकरण गरिएको अध्यक्ष बस्नेतले बताए । रुख छपानमा संलग्न वन प्राविधिक नेत्र रेग्मीले अहिले सम्म २४ हजार रुख
छपानको काम सकिएको बताए ।

अब केही दिन भित्रैमा छपानको काम सकिन्छ । उनले भने । ३५ हजार रुख कटान गर्नु पर्ने अनुमान गरिएको भएपनि २५ हजारदेखि २९ हजारको विचमा रुख कटान हुने उनले बताए । उदयपुर सदरमुकाम गाईघाटमा विमान स्थल निर्माणको लागि वि.स.२०२९ सालमा करिब १७ विगाहा जग्गा छुटाईएको थियो । अहिलेको गाईघाटदेखि झण्डै ५०० मिटर पूर्वतर्फ पुरानो गाईघाटमा विमान स्थल निर्माणको लािग छुटाईएको उक्त जग्गामा वि.स. २०३१ सालमा तत्कालिन गृह सहायक मंत्री नरसिंह भक्त तुलाचनले पहिलो पटक विमान स्थलको शिलन्यास गरेका थिए ।

शिलन्यासपछि लामो समयसम्म विमान स्थल निर्माणको काम अघि बढ्न सकेन । बहुदलिय व्यवस्थाको पूर्नस्थापनापछि सोही ठाउँमा दोश्रो पटक वि.स.२)५६ सालमा पुःन शिलन्यास भएपनि प्राविधिक दृष्टिकोणले विमान स्थल बनाउन अनुपयुक्त हुने प्राविधिक टोलीको प्रतिवेदनले गाईघाटको उत्तराई टोलमा बनाउने निर्णय भएको थियो । तर उक्त टोलमा विमान खिचातानी भएपछि नेपाली कांग्रेसका नेता डा.नारायण खड्काको सक्रियतामा जोगिदहमा विमान स्थल बनाउने निर्णय भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.