Websoft University

असमझदारीले तीन लेयरका सरकारको गति बढाउनु पर्ने–मुख्यमन्त्री राई


विराटनगर पुस २१ गते । रातो तारा डट कम,नेपाल नगरपालिका संघले प्रदेश नम्वर १ को राधानी बिराटनगरमा अन्तर–सरकार सम्वाद प्रदेश स्तरिय कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले कार्यक्रमलाइ सम्वोधन गर्नु हुदै, तीन तहका सरकारबीच कानुन निर्माणमा समन्वय हुन नसक्दा विकास प्रभावित बनेजस्तो देखिए पनि त्यो बिस्तारै मिलेर जाने कुरा बताउनु भएकोछ ।

अहिले मन्वयको अभावमा तीन लेयर सरकारको संघीयताको गाडी तीव्र गतिमा दौडन सकेको छैन । अब आसपी मिलापममा गाडीलाई तीव्र गतिमा दौडाउनु पर्छ ।’’ मुख्यमन्त्री राईले साझा अधिकारको सूचीमा रहेका कानुन छिटोभन्दा छिटो बनाउन ध्यान केन्द्रीत हुनुपर्ने भन्दै तीन तहका सरकारबीच समन्वय र संवाद हुन नसकेको कुरा राईले बताउनु भएकोछ ।

प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले संविधानको अनुसूचि ५ देखि ९ सम्म साझा अधिकारका सूची रहेको र यसकै बढी चर्चा भएको बताउँदै भने,‘‘संविधानले निदृष्ट गरेका कुरा तल्लो तहमा पनि अधिकारको ?पमा आएका छन् । भएका अधिकार प्रयोग हुन कन्जुस्याई हुनुहुन्न ।’’ त्यसलाई ओल्टोकोल्टोबाट प्रयोग गर्न नहुने भण्डारीले बताउनु भयो ।  

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले तीनै तहका सरकारबीच समन्वयको खाँचो भएको कुरा गर्नु हुदै समन्वयको आधारमा मिलाउदै लैजानु पर्ने बताउनु भएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एकल अधिकारमा हस्तक्षेप नहुने गरी काम गर्नुपर्ने भएपनि माथिल्ला सरकारबाट त्यही भईरहेको बताए । भने,‘‘शिक्षा, स्वास्थ्य, वन आदि जस्ता अधिकारका विषयमा पनि विवाद देखिएको छ ।’’ उनले सरकारबीचका
अधिकारको द्वन्द्व घटाइनु पर्ने सुझाव सरकारलाई दिनु हुदै सबैलाई कार्यक्रममा स्वागत गर्नु भयो ।

नेपाल नगरपालिका संघले प्रदेश र स्थानीय सरकारबीचको खासखास अभ्यास, कानुन निर्माणमा देखिएका समस्या र अनुभव आदान प्रदान गर्न कार्यक्रम आयोजना गरिएको संघका प्रदेश १ का संयोजक महेश बस्नेतले बताए ।

संघका केन्द्रीय अध्यक्ष अशोकुमार बेन्जुले सरकारहरुबीच साझा अधिकारको विषयमा विवाद हुन नहुने बताउनु भएकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.