Websoft University

राष्ट्रियसभाको उम्मेदवार टुङ्गो लाग्यो


काठमाण्डौ पुस १८ गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युिनस्ट पार्टी नेकपाले राष्ट्रिय सभाको उम्मेदवार टुंग्याएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको हो । माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि  सचिवालय बैठकले सातवटै प्रदेशमा उम्मेदवार हुने व्यक्तिहरुको टुंगो लगाएको हो । 

यसपटक यसअघि आएका व्यक्तिहरुलाई नदोर्होयाउने निर्णय बैठकले गरेको छ । पूर्वएमालेलाई ५६ र पूर्वमाओवादीलाई ४४ प्रतिशतका आधारमा भागबन्डा भएको छ । सचिवालयले प्रवक्ता तथा सचिवालय सदस्य नारायाणकाजी श्रेष्ठ, केन्द्रिय सदस्य बेदुराम भुसाल र गंगा बेलबासेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निर्वाचित हुने उम्मेदवारहरुको पदावधी ६ वर्षको हुनेछ । 

प्रदेश १ बाट  महिलामा इन्दु गौतम, दलितमा  गोपी अछामी र अन्यमा  देवेन्द्र दाहाल यस्तै प्रदेश २ बाट महिलामा तुलसा दाहाल र दलितमा  राधेश्याम पासवान उम्मेदवार बनेका छन् । यसैगरि प्रदेश ३ बाट  महिलामा गंगा  बेलवासे र  अन्यमा बेदुराम भुसाल तथा गण्डकी प्रदेशबाट अन्यमा नारायाणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश  ५ मा विमला घिमिरे, गोपाल भट्टराई र अपाङ्गमा जगप्रसाद भट्टराई  रहेका छन् । 

यसैगरि कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र महिलामा सुनिता विसी तथा सुदूरपश्चिमबाट अन्यमा तारामान स्वँर र महिलामा शारदा भट्ट उम्मेदवार बनेका छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.