Websoft University

काठमाडौंको असनमा आगलागी, ४ वटा दमकलले आगो निभाउँदै

काठमाडौंको असनमा एउटा घरमा आगलागी भएको छ । बुधबार बेलुका साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलाबाट आगो फैलिएपछि आगो निभाउन ४ वटा दमकल पुगेको छ ।

काठले बनेको उक्त घरमा ठूलो आगलागी भएको र अरु घरमा पनि फैलिने खतरा बढेको छ ।महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले अहिले आगो निभाइरहेका छन् । 

आगलागी कसरी सुरु भयो र कति क्षति भयो भन्ने जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।
साभार:अनलाईन खबर डट कम,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.