Websoft University

प्रहरी जवान सविना खत्री मंसिर महिनाको Best police of the month घोषणा


विराटनगर, मंसिर १८ गते । रातो तारा डट कम,१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत प्रहरी जवान सविना खत्रीलाई  निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिकलगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही जवरजस्ती करणी जस्तो जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तलाई कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत प्रहरी जवान सविना खत्रीलाई  निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.