Websoft University

उखु किसानको आन्दोलन प्रति सरकारको ध्यान नगएको भन्दै काँग्रेसले जनायो आपति


काठमाण्डौ पुस १७ गते । रातो तारा डट कम,उखु किसानको आन्दोलनमा सरकार मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदले विरोध जनाएका छन् । सरकारले बेवास्ता गरिरहे उखु किसानको आन्दोलनमा सहभागी हुने चेतावनी समेत उनीहरुले दिएका छन् । राष्ट्रिसभाको आजको बैठकमा काँग्रेस सांसदहरुले सरकार गरिब किसानको हो कि होइन ? भन्दै प्रश्न गरेका छन् । 

सांसद प्रकाश पन्थले उखु किसानको समस्या चाँडो समाधान गर्न सरकारसँग माग गर्नु भयो । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना, सीमा विवाद र नेपाल ट्रष्टको जग्गा सस्तो मूल्यमा भाडामा दिइएको विषयमा सरकारले सदनलाई जवाफ दिनुपर्ने पनि उहाँले बताउनुभयो । सांसद अनिता देवकोटाले सरकार उखु किसानको समस्याप्रति किन मौन बसेको भन्दै प्रश्न गर्नुभयो । 

उहाँले विप्लव नेतृत्वको नेकपासँग तत्काल वार्ता गर्न र सीमा विवाद समाधान गर्न सुझाव समेत दिनुभयो । अर्का सांसद शेरबहादुर कुँवरले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा शीर्ष नेता र मन्त्रीको फरक–फरक धारणा आइरहेको भन्दै आधिकारिक धारणा र्साजनिक गर्न माग गर्नुभयो । सांसद रमेश यादवले उखु किसानलाई भुक्तानी दिलाउन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम तत्काल सुरु गर्न माग गर्नुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.