Websoft University

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज विराटनगरमा एक भवय समारोहको बिच औपचारिक रुपमा उद्घाटन गरि नेपाल भ्रमण वर्ष सुरु गर्नु भयो


विराटनगर पुस १६ गते । रातो तारा डट कम,प्रदेश १ को राजधानी विराटनगरमा सन् २०२० को पहिलो दिन भ्रमण वर्षको भव्यताका साथ उद्घाटन गरिएको छ । प्रदेश का मुख्यमन्त्री शेरधन राईले आज विराटनगरमा एक भवय समारोहको बिच औपचारिक रुपमा उद्घाटन गरि नेपाल भ्रमण वर्ष सुरु गर्नु भएको छ ।

उद्घाटनमा सम्बोधन गर्दै प्रदेश १ का मुख्य मन्त्री शेरधन राई विराटनगरको रंगशालामा भएको औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राईले यो वर्ष नेपालीको सुख र समृद्धिको बलियो जगहाल्ने वर्ष भएको बताए । उनले यस अभियान सफल बनाउन भ्रमण वर्ष २०२० लाई सफल बनाउनु पर्ने तर्क गर्दै सवैलाई सक्रिय योगदान गर्न आह्वान समेत गरे ।

बहुजाती, बहुभाषिक, बहुसांस्कृतिक मुलुक नेपाल भौगोलिक, प्राकृतिक तथा सामाजिक विविधता युक्तरहेकाले पर्यटकको केन्द्र बन्ने मुख्यमन्त्री राईले बताए । उनले मनोरम हिमश्रृंखला र प्राकृतिक छटाहरुले भरिपूर्ण नेपाल र नेपालीको संस्कृतितथासंस्कारले पर्यटकहरुलाई पुलकित पार्ने बताए ।

देशमागरिबीनिवारण, रोजगारी सिर्जनातथा समावेशीविकाससमेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्त्वपूर्ण आयामभएकोभन्दै मुख्यमन्त्री राईले प्रदेश १ लाई राष्ट्रिय तथाअन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय पर्यटन गन्तव्यको रुपमाविकास गर्ने लक्ष्य रहेको बताए । उनले प्रदेश सरकारले पनियो वर्ष ५ लाखपर्यटक भित्र्याउने लक्ष्यलिएको जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेशलाई विश्वभरका पर्यटकका लागि गुणस्तरीय भ्रमण गन्तव्य बनाउँने र भम्रण वर्षमा पाँच लाख पर्यटक ल्याउने सरकारको लक्ष पुरा गर्ने बताए । नेपाल भ्रमण वर्षको अवसर पारेर अन्तराष्ट्रिय सम्मेलन, अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता, चलचित्र महोत्सव जस्ता महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्ने र त्यसले पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने मुख्यमन्त्री राईले बताए ।

प्रदेश १ प्रकृतिसँगै उत्पादनका दृष्टिले पनि अब्बल रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले मनोरञ्जन, खेलकुद, पारिवारिक भ्रमण, पिकनिक स्पटका लागि सम्पन्न प्रदेश १ धार्मिक–सांस्कृतिक अध्ययन–अनुसन्धानका लागि खानी रहेको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले पर्यटकीय पूर्वाधारको विकासलाई उच्च महत्व दिएको बताए । नाम्चे,चौरीखर्क,दुधकुण्ड केवलकार, धरान भेडेटार केवलकार, केचना टु सगरमाथा फास्ट ट्रयाक, भेडेटार स्काई वाक, मुन्धुम ट्रेल मार्ग, हिमालयनपदमार्ग निर्माण, होम स्टे निर्माण, चतरा–दोलालघाट र तुम्लिङ्गटार जलमार्ग प्रदेश सरकारले अघि बढाएका रुपान्तरणकारी परियोजनाहरु रहेको जानकारी दिए ।

नेपाल सरकारले घोषणा गरेको एक सय मध्ये १६ वटा पर्यटकीय गन्तब्य प्रदेश १ मा रहेका छन् । भ्रमण वर्षकै अवसरमो मे महिनामा सगरमाथा आरोहरण गरेका राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्वतारोहीहरु सम्मिलित‘समिटर्स समिट’ को आयोजना गरिने मुख्यमन्त्री राईले बताए । यस्तै फेब्रुअरी १ देखिअन्तर प्रादेशिकहवाई सेवाअन्तर्गत विराटनगर–पोखरा उडान शुरु हुने बताए ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले भ्रमण वर्ष सफल बनाउन सवै क्षेत्रको भूमिका उल्लेखनीय हुनुपर्नेमा जोड दिए । आमन्त्रीत भारतको सिक्किमका पर्यटन व्यवसायी बसुले भ्रमण वर्षलाई सार्थक बनाउन विभिन्नधार्मीक, तथापर्यटकीय क्षेत्रको सर्किट बनाएर अघि बढ्नसके बढी लाभहुने तर्क गरे । उनले ग्रामिण पर्यटकलाई बढावा दिन सक्दाप्रदेश एकमालक्ष्यप्राप्तगर्न कुनै समस्यानहुने तर्क गरे ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, पर्यटनसँग आवद्ध समुदाय तथा सर्वधाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सेना, शसस्त्र र नेपालप्रहरी सहित ब्राइटफ्यूचर सेकेण्डरी स्कुलका एनसिसि क्याडेड विद्यार्थीहरुले मार्चपास गरेकाथिए । यस्तै गायक सुमित खड्का र प्राश्ना शाक्यले भ्रमणवर्षको लागि तयार पारिएको प्रादेशिक गित गाएर मन्त्र मुग्ध बनाए ।

प्रदेश सरकारले उद्घाटन सत्रलाई भव्य बनाउन हेलिकप्टरबाट पुष्पवृष्टि गरेको थियो भने बेलुनमा नेपाल भ्रमण वर्ष २०२० लेखेर कार्यक्रम स्थलमा उडाइएको थियो । त्यस क्रममा विभिन्न जातजातिहरुको सांस्कृतिक पहिचान झल्काउने झाँकीहरु प्रदर्शन गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.