Websoft University

मानव अधिकार आयोगको सरकारलाई आग्रह


काठमाण्डौ पुस १७ गते । रातो तारा डट कम,मानव अधिकार आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने कानून बनाउन सरकारलाई आग्रह गरेको छ । संसदको विकास तथा प्रविधि समितिबाट विधेयक पारित भएको सूचना प्रविधि विधेयकप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले सरकारलाई संविधानप्रदत्त मौलिक हक र अन्तर्राष्ट्रिय कानुन स्मरण समेत गराएको छ । 

आयोगले विज्ञप्ति जारी गरी सरोकारवालासँग पर्याप्त छलफलपश्चात् कानून निर्माण गर्न आग्रह गरेको छ । अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित गर्ने नाममा यसका मान्य सिद्धान्त प्रतिकूल हुनेगरी बन्देज लगाउनु मानव अधिकारको विपरीत हुन जानेतर्फ संवेदनशील हुन आयोगले आग्रह गरेको छ ।

आयोगले राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून अनुकूल कानुन निर्माण हुनेमा विश्वास व्यक्त समेत गरेको छ । विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्बन्धमा उल्लेखित राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून अनुकूल निर्माण हुनेमा आयोग विश्वस्त हुँदै सरोकारवालासँगको पर्याप्त छलफलपश्चात् प्रत्येक व्यक्तिले अभिव्यक्ति स्वतन्त्रताको पूर्णउपभोग गर्न पाउने कानून निर्माण हुन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ, विज्ञप्तिमा भनिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.