Websoft University

हेलम्बु किवीे खेतीको रुपमा परिचित हुदै,


काठमाण्डौ पुस १७ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकको माथिल्लो पहाडि भेगमा अहिले किवीको उत्पादन क्षेत्रको रुपमा चिनिन थालेको छ । उत्पादन र बजार राम्रो हुन थालेपछि किसानहरु किवी खेतीतर्फ आकर्षित भएका छन् । मेलम्ची नगरपालिका ३ हैबुङमा ४० जनाको समुहले २ सय  रोपनी जमिनमा किवीको व्यवसायिक खेती गरेका छन् । 

उनीहरुले दुई करोडको लगानीमा किवी रोपेका हुन् । हैबुङ सिन्धु एग्रिकल्चर अर्गानिक फार्म मार्फत् गरिएको खेतीमा ५ हजार भन्दा बढि किवीका बिरुवा रोपिएका छन् । ५ वर्ष अघि रोपिएको किवीले फल दिन थालेको छ । यो वर्ष किवीबाट ४० लाख आम्दानी हुने समुहका सचिव कुमार बन्जाराको अपेक्षा छ ।

विज्ञहरुका अनुसार समुन्द्र सतहको १२ सयदेखि २४ सय मिटरको उचाइसम्म किवीको खेती गर्न सकिन्छ । स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च छ । हेलम्बु गाउँपालिकाका प्रायः किसानले किवी खेती सुरु गरेका छन् । आफूले लगाएको १५ बोट किवीले पनि फल दिन थालेको नाकोतेका बाबु लामाले बताउनुभयो । 

किवी उत्पादनका लागि भोटेचौर, हैबुङ, हेलम्बु, ओखरेनी, भोताङ, सिंपाल जस्ता माथिल्लो भेगको जमिन र हावापानी उत्तम रहेको कृषि विज्ञ बताउँछन् ।  किवी खेतीमा प्रोत्साहन गरेर अनुदान दिएको सरकारले मूल्य निर्धारण र बजारीकरणमा पनि सहयोग गर्नुपर्ने किसानहरुको माग छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.