Websoft University

प्रहरीले कालीकोटले छाउगोठ भत्काउन सुरु


काठमाण्डौ । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय कालीकोटले छाउगोठ भत्काउन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटको एक टोलिले गत विहिबारदेखी छाउगोठ भत्काउने अभियान सुरु गरेको हो । महिला महिनाबारी भएका बेला बस्नका लागि बनाइएका छाउपडी गोठ स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीयबासीको उपस्थित र सक्रियतामा भत्काउन सुरु गरिएको कालीकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी श्याम बाबु ओलियाले जानकारी दिनुभयो । 

विहिबारदेखी सुरु भएको छाउपडी गोठ भत्काउने अभियानमा क्रममा अहिलेसम्म १५ वटा छाउगोठ प्रहरी चौकी लालु, इलाका प्रहरी चौकी कुमालगाउँ र जिल्ला स्तरीय प्रहरी टोलीले भत्काएको छ । छाउगोठ भत्काउदाँ महिला पनि खुसी भएका छन् । छाउगोठ भत्काइएपछि आफुले नयाँ जिन्दगी पाएको महशुस भएको नरहरीनाथ गाउँपालिका वडा नम्बर तीनका चन्द्रा सुनारले बताउनुभयो । छाउगोठ भत्कीदाँ आफु खुसी भएको नरहरीनाथ गाउँपालिकाकै स्थानीय धुव्रा बुढाले बताउनुभयो । 

अहिलेसम्म नरहरीनाथ गाउँपालिकाका भित्र बसोबास गर्ने तीन हजार नौ सय १० घरधुरी नै छाउगोठ मुक्त भइसकेका गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले जानकारी दिनुभयो । सिंगो गाउँपालिका भित्र रहेका छाउगोठ अन्त्य गर्ने र महिला रजस्वला हुँदा स्वास्थ्यमा हेरचाह गर्ने जस्ता कार्यक्रम पालिकाले निरन्तर ल्याइरहने उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.