काठमाण्डौ । रातो तारा डट कम, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा देशका लागि जे गर्ने सपना थियो त्यो पूरा हुन नसकेको पनि उहाँले बताउनुभयो । उहाँले देशका लागि आफूले अझै धेरै काम गर्न बाँकी रहेको पनि बताउनुभयो । पूराना संरचनामा बानी परेकोले नयाँ संरचना अलि अप्ठेरो लाग्नु स्वभाविक भएको प्रचण्डको भनाइ छ । तर देश नयाँ संरचनाबाट पछि हट्न नसक्ने उहाँको भनाइछ । परिवर्तनका नायकलाई राजा महाराजाले कुनै न कुनै रूपमा मनोबैज्ञानिक दवाव दिइरहेकोले सजक हुन जरूरी रहेको उहाँले बताउनुभयो ।
Post a Comment